१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

पसल र सहकारीमा एक हजारको नक्कली नोट भेटियो

२ आश्विन २०७४, सोमबार ०८:४३

असोज २, गोरखा । सदरमुकामका विभिन्न पसलमा एक हजार रुपैयाँको नक्कली नोट फेला पर्न थालेको छ ।

रु एक हजारको नक्कली नोट ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने गरेको पाइएको व्यापारीले बताएका छन् । “नोटको सेतो भागमा हुने लालीगुराँसको फोटो र नेपाल राष्ट्र बैंक लेखिएको बीचको धर्सो हजारको नोटमा छैन”, पसलमा ग्राहकले नक्कली नोट दिएर झुक्याएको बताउँदै गोरखा नगरपालिका–७ बतासेका व्यापारी प्रकाश रोकाले भने । 

नयाँ बजारस्थित ओमशंकर स्टोरमा आइतबार नक्कली नोट फेला परेको थियो । नयाँबजारकै जनमुखी सहकारीमा पनि रु एक हजारकै नक्कली नोट फेला परेको हो । नक्कली नोटको बिगबिगी बढेपछि व्यापारी र जनतालाई चनाखो रहन, नोट राम्रोसँग हेरेर मात्रै लेनदेन गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

नक्कली नोटको कारोबार गर्नेको खोजी शुरु गरिएको प्रहरीले जनाएको छ । फेला परेका नक्कली नोटमा एउटै च २५, ४३६१३३ नम्बर उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह