असोज २, गोरखा  । गोरखामा हुँदै आएको लिगलिगे दौड प्रतियोगिता यस वर्ष असोज ९ गते हुने भएको छ । 

लिगलिगकोटको ऐतिहासिक धार्मिक पुरातत्व तथा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २, गोरखा  । गोरखामा हुँदै आएको लिगलिगे दौड प्रतियोगिता यस वर्ष असोज ९ गते हुने भएको छ । 

लिगलिगकोटको ऐतिहासिक धार्मिक पुरातत्व तथा"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखामा हुँदै आएको लिगलिगे दौड प्रतियोगिता असोज ९ मा हुने

२ आश्विन २०७४, सोमबार १४:११


असोज २, गोरखा  । गोरखामा हुँदै आएको लिगलिगे दौड प्रतियोगिता यस वर्ष असोज ९ गते हुने भएको छ । 

लिगलिगकोटको ऐतिहासिक धार्मिक पुरातत्व तथा संस्कृतिको संरक्षण गर्नेको लागि लिगलिग कोट बिकास अभियानले विगत आठ वर्षदेखि लिगलिगे दौडको आयोजना गदै आएको छ ।

लिगलिगे दौड चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु भई ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, साउनेपानी, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गडी सम्मको १३ .८ किलोमिटर दुरी पार गर्नुपर्नेछ ।

दौडमा प्रथम हुने खेलाडीलाई नदग ५० हजार  श्रीपेच, पगरी, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्धितीय हुनेले ३० हजार ३ सय ५ ट्रफी,मेडल प्रमाणपत्र र तृतीयलाई नगद २० हजार २ सय ५ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

त्यस्तै चौँथो हुनेले नगद १० हजार १ सय ५, पाचौँलाई ५ हजार ५, छैँटौँलाई ४ हजार ४, सातौँलाई ३ हजार ३ र आठौँलाई २ हजार २ नगद प्रदान गरिने लिगलिगकोट विकास अभियानका अध्यक्ष पुर्णबहादुर रानाले बताए । 

त्यस्तैगरी महिलाहरुको खुल्ला र लिगलिगबासीका लागि पाँच किलोमिटर दौड प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय हुनेलाई क्रमश १५ हजार ५, १० हजार ५ र ५ हजार ५ नगद सहित ट्रफी, मेडल प्राप्त गर्नेछन् । लिगलिग दौड प्रतियोगिताका लागि १४ लाख ४४ हजार ८ सय रुपैया खर्च हुने अभियानका अध्यक्ष रानाले जानकारी दिए । 

दौडमा सहभागी हुने खेलाडीको सम्र्पुण खर्च आयोजकले नै व्यहोर्ने जनाएको छ । दौडमा सहभागी हुनका लागि असोज ५ गतेसम्म नाम दर्ता गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह