२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

यसरी सुध्रिदैंछ बैतडी स्वराडीको जिवनशैली

२०७४, ५ आश्विन बिहीबार ११:३३

नरी बडु/असोज ३, बैतडी । केहि वर्ष अगाडी झट्ट सुन्दा बैतडीको स्वराड क्षेत्र अभावग्रस्त क्षेत्र हो भन्ने बुझिन्थ्यो । तर पछिल्लो समय स्वराडको त्यो अवस्था फेरिएको छ । स्वराडका गाँउमा सडक पुगेपछि बिस्तारले पछिल्ला २ बर्षमा स्वराड क्षेत्रको अभाव हट्दै सर्वसाधारणको जीवनशैली पनि फेरिन थालेको छ ।

 बैतडीको शिवनाथ गाउपालिका केन्द्र सुल्लेखान बजारमा यात्रु पर्खिएको गाडी । तस्बिर: नरी बडु, बैतडी, सास 

पहिले सदरमुकाम आउन स्वराड वासीले ३ दिनेको पैदल बाटो हिड्नुपर्ने हुन्थ्यो । तर आजभोलि सदरमुकाम आउन ३ दिनको बाटो तय गर्ने अवस्था छैन । नूनतेल किन्न डुंगामा उर्लदो महाकाली तरेर भारतीय बजार धाउनेको संख्या पनि तुलनात्मक रुपमा घटेको छ तर नेपाली समान महंगो हुने भएकाले स्वाराड बासीले डुङ्गा तरेर भारत जान भने छोडेका छैनन् । अहिले स्वराडका गाँउ गाँउमा बजार बिस्तार हुदा यात्रु र उपभोक्तालाई सहज भएको छ ।  

स्वराड क्षेत्रका १ नगरपालिका र २ गाउपालिकाका बडा बडामा सडक बिस्तार हुन थालेको छ । यो क्षेत्र जोड्ने पाटन पञ्चेश्वर सडक मेलौली नगरपालिका हुदै शिवनाथ र पञ्चेश्वर गाउपालिकाको कुलाव पुगेको छ । पञ्चेश्वर परियोजना निर्माणस्थल पुग्ने उक्त सडकको ट्रयाक खुलेसंगै गाउ गाउमा सडक सञ्जाल बिस्तार हुन थालेको छ । मेलौली नगरपालिकाको लामालेकबाट महारुद्र र पञ्चेश्वर गाउपालिका केन्द्र आम्चौरा जोड्ने सडक निर्माणाधीन छ ।  

साविकका १२ गाविस जोड्न ९ सडक निर्माणाधीन छन् । शिवनाथ गाउपालिका २ शर्मालीको महाकाली नदी किनारसम्म सडक पुगेको छ । उदयदेव र बिशालपुरसम्म ग्रामीण सडकको ट्रयाक खुलेको छ । शिवनाथ गाउपालिकाको केन्द्र सुल्लेखान हुदै कुलावसम्म बर्खा बाहेक जीप सेवा नियमित भएको छ । दशरथचन्द नगरपालिकाको देहिमाण्डौंदखि ग्वाल्लेक हुदै पचेश्वरको रोडिदेवल जाने सडक गिरेगाडासम्म नियमित छ । 

सबैजसो बडाका बासिन्दा डेढघण्टा भित्र यातायातको पहुचमा आएको स्थानीय बताउछन् । ‘नदी किनार नजिक बस्ती बाहेक डेढघण्टामा सडक पुगिन्छ ।’ पञ्चेश्वर गाउपालिका ३ राजेन्द्रसिंह धामीले भने, ‘भारतीय बजार नगई नहुने अवस्था छैन, उपभोग्य बस्तु पाउन सहज भएको छ ।’ सडक किनारका ठाउ ठाउमा बजार बिस्तार हुन थालेको छ । सलाई र नून किन्न घण्टौं हिडेर पसलमा पुग्ने बाध्यता हटेको छ । सडक छेउमा होटल र पसलहरु बढेका छन् ।

यो बर्ष स्थानीय तहले सडक बिस्तार र सुधारलाई प्राथमिकता दिएका छन् । नगरपालिका र गाउपालिकाको बजेटसंगै बडा कार्यालयले मुख्य योजनाको रुपमा सडक राखेको पञ्चेश्वर गाउपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । ‘यातायातको सुविधा नहुदा अन्य विकास प्रभावित भएको हो, आउदो बर्षसम्म सबै बस्तीमा सडक पुर्याउने योजना छ ।’ चन्दले भने, ‘नजिक सडक पुगेपछि दैनिकी फेरिएको छ ।’

दैनिक उपभोग्य बस्तु ल्याउन दिनहु भारत जानेको संख्या घटेको छ । महाकाली छेउमै बसोबास भएका बाहेक माथिल्लो बस्तीका सर्वसाधारणले भारत जान छाडेको स्थानीय बताउछन् । बर्खामा डुंगा बन्द भएका बेलासमेत अघिल्लोबर्षसम्म ज्यान जोखिममा राखेर वारपार गर्थे । यो बर्खामा लामो समय सडक अवरुद्ध नहुदा भारतीय बजार जाने थोरै रहेको तारउतारमा संलग्नहरु बताउछन् । 

मेलौली र महाकालीघाटबाट खच्चरमा चर्को भाडा तिर्न बाध्य सर्वसाधारणलाई गाउ छेउमै खाद्यान्न पाउन थालेका छन् । गाउका ब्यापारीको सामान ढुवानी गरेर महिला र बालवालिकाले आम्दानी गर्न थालेका छन् । कृषकहरुले तरकारी र मासुजन्य बस्तुको उत्पादनमा केन्द्रित भएका छन् । तरकारी बिक्न थालेपछि पोलिहाउस बनाएर ब्यवसायिक खेती सुरु गरेको मेलौली ७ का कृषक लक्ष्मण ओझाले बताए । ‘अघिल्लो बर्षसम्म तरकारी बेच्ने ठाउ थिएन, अहिले घरमै आएर अर्डर गर्छन् ।’ ओझाले भने, ‘तरकारी र बाख्राको ब्यापार बढेकाले कृषकले उत्पादन बढाउन थालेका छन् ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक