‘शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र हाम्रो प्रशासन’"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

‘शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र हाम्रो प्रशासन’"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा पनि ‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु

६ आश्विन २०७४, शुक्रबार ०५:२४

असोज ६, तेह्रथुम। तेह्रथुममा पनि नेपाल प्रहरीले ‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु गरेको छ । 


‘शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र हाम्रो प्रशासन’ भन्ने नारासहित जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगाना र निमित्त प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले संयुक्त रुपमा पानसमा बत्ती बालेर अभियानको शभारम्भ गर्नुभयो । 


नागरिकसँगको सम्बन्धलाई अझै सुमधुर बनाउँदै अपराधिक गतिविधिको अन्त्य र सुरक्षा व्यवस्थालाई मजबुद बनाउन अभियान थालिएको जिल्ला प्रहरी प्रमुख डिएसपी राजन भुजेलले बताउनुभयो । 

कार्यक्रममा बोल्दै म्याङलुङ्ग नगरपालिकाका मेयर सन्जयकुमार तुम्बाहाम्फेले अभियानले शान्ति सुरक्षा र अमनचयनलाई अझै प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, सामुदायिक प्रहरी र सन्चारकर्मीहरु सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह