३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दिया जिल्लालाई साक्षर घोषणा गरिने

२६ चैत्र २०७२, शुक्रबार १५:४१

sakh

प्रभात सुवेदी । चैत २६, बर्दिया । ‘सर्वाङ्गीण विकासको आधारशिला, हाम्रो साक्षर बर्दिया जिल्ला’ भन्ने आदर्श वाक्यसहित चैत २८ गते जिल्ला विकास समतिको परिसरमा औपचारिक समारोहका बीच बर्दिया जिल्लालाई साक्षर जिल्ला घोषणा गरिने भएको छ ।

जिल्लाको कूल साक्षर प्रतिशत ९६.४१ पुगेकाले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलद्वारा जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम तय गरिएको शुक्रबार जिल्ला शिक्षा कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । साक्षरता प्रतिशत ९७.२० पुगेपछि असार २५ गतेदेखि मनाउ गाउँपालिकाबाट शुरु गरिएको घोषणाको कार्यक्रम निरन्तर रुपमा गरिँदै आएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका जिल्ला अनौपचारिक शिक्षा समितिका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी तेजराज शर्माले ज्ञानको कुनै पनि सिमा नहुने भएकोले साक्षर जिल्ला घोषणा भएपश्चात पनि जिल्लाभर रहेका १५ देखि ६० वर्ष उमेर समूहका १२ हजार ४ सय ३७ जना निरक्षरलाई साक्षर गराउने अभियान भने जारी नै रहने हुँदा यस कार्यक्रमलाई सफल पार्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नका लागि आग्रह गर्नुभएको थियो । कार्यक्रममा पत्रकारहरुले उठाएका जिज्ञासाहरुका सन्दर्भमा जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले प्रष्ट पार्नुभएको थियो भने जिल्लाको समग्र साक्षरताको अवस्थाका सन्दर्भमा साक्षरता कार्यक्रमा फोकल व्यक्ति एवम् विद्यालय निरीक्षक पुण्यप्रसाद न्यौपानेले जानकारी गराउनुभएको थियो ।
र यो पनि,
जिल्ला शिक्षा कार्यालय बर्दियाले आज २०७२ सालको जिल्ला स्तरीय परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कूल ११ हजार १ सय ७७ जना परीक्षार्थीहरुमध्ये ८ हजार ३८ जना उत्तीर्ण भएको परीक्षा शाखाका शेरबहादुर रोकाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’