असोज ७, तेह्रथुम । नेपाल पत्रकार महसंघ तेह्रथुमले वडा दशैँ तथा दिपावलीको अवसरमा खुला दौड प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ७, तेह्रथुम । नेपाल पत्रकार महसंघ तेह्रथुमले वडा दशैँ तथा दिपावलीको अवसरमा खुला दौड प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।&nbs"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा पत्रकार महासंघको शुभकामना आदानप्रदान

२०७४, ७ आश्विन शनिबार ०७:५४


असोज ७, तेह्रथुम । नेपाल पत्रकार महसंघ तेह्रथुमले वडा दशैँ तथा दिपावलीको अवसरमा खुला दौड प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

खुला आठ कि.मि. दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका रमेश कार्कीले जित्नुभएको छ । कार्कीले ३० मिनेट १५ सेकेण्डमा ८ कि.मि. दुरी पार गर्नुभयो ।

यस्तै सेनाकै रमेश कुमार ओलीले ३१ मिनेट र छिरिङ तामाङ ३१ मिनेट १५ सेकेण्डमा सो दुरी पार गर्दै क्रमशः द्धितीय र तृतीय हुनुभयो । नेपाल पत्रकार महसंघ तेह्रथुमले वडा दशैँ तथा शुभदिपावलीको अवसरमा आयोजना गरेको प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयले क्रमशः नगद ६ हजार, ४ र २ हजारसहित प्रमाण पत्र प्रदान गरिएको महासंघका सचिव प्रकाश धौलाकोटीले बताउनुभयो ।

म्याङलुङ्ग नगरपालिकाका मेयर सन्जयकुमार तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका  केन्द्रीय सदस्य उद्धव तिम्सीना, जिल्ला विकास समितिका पुर्वसभापति किशोरचन्द्र दुलाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशवकुमार भट्टराई, गैरसरकारी संस्था महासंघ तेह्रथुमका अध्यक्ष अनुभूतिबम नेपाली, नेपाल रेडक्रस सोसाइटी तेह्रथुमका अध्यक्ष भूपतिलाल श्रेष्ठ र नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाका उपाध्यक्ष भगिश्वर लिम्बुले शुभकामना मन्तव्य राख्नुभयो । शाखाका अध्यक्ष नरेश ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा आमन्त्रित अतिथिहरुलाई कोषाध्यक्ष दिपक कट्टेलले स्वागत गर्नुभएको थियो ।

दौड प्रतियोगितामा जिल्लाका ११ जना धावकहरु सहभागी थिए । प्रतियोगिताका लागि प्रथम, द्धितीय र तृतीय पुरस्कार क्रमशः म्याङलुङ्ग नगरपालिका, ईन्जिनियर सुरेश तुम्बाहाम्फे र व्यवसायी गोकुल सुवेदीले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ