२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा युवाहरुको सक्रियतामा आवासीय भबन निमार्ण शुभारम्भ

२०७४, ७ आश्विन शनिबार १६:२१

लोकेन्द्र प्रशाद जोशी/असोज ७, दार्चुला । गाउँले युवाहरुको सक्रिर्यतामा मालीकार्जुन अनलाइन सेवा समिति, मैखोलीले लेकम गाउँपालीका ५ मैखोलीमा रहेको मालीकार्जुन मन्दीरमा आवासीय सुबिधासहतिको पाहुना घर निमार्णको काम शुभारम्भ भएको छ । 

गाउँको बिकासका लागी बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने उदेश्यसहित स्वदेश तथा बिदेशमा रहेका आठोला जोशी युवाहरु मिलेर गठन भएको समितिले मन्दीरमा भबन निमार्णको काम शुक्रबारबाट सुरु गरेको समितिका अध्यक्ष बाशुदेब जोशीले जानकारी दिनुभयो ।

मन्दीर निमार्णका लागी जिल्ला तथा देशभित्र र कामको सिलसिलामा बिदेशमा रहेका गाउँले आफ्न्तहरुबाट स्वइच्छाले क्षमता अनुसारको आर्थीक संकलन गरेर मन्दीर निमार्णको काम शुभारम्भ गरीएको हो । मन्दीरमा रहेको भन्साघर नजिक भबन निमार्ण गर्नेगरी जग खन्ने काम सुरु गरीएको जोशीले बताउँनुभयो । समितिका कोषध्यक्ष महेश राज जोशीका अनुसार हालसम्म मन्दीरकोलागी ५० जना सहयोगीले तिन लाख आठ हजार आठ सय चौतिस रुपैया रकम सहयोग गर्ने घोषणा भएको र भारतको जम्मु लगायत ठाउँबाट १९ जनाको रु ६३ हजार ३ सय ७७ रुपैया संकलन भइसकेको छ ।

मन्दीरमा भबन निर्माणको काम सुरु भइसकेकोले सामाग्री खरीदकालागी घोषणा गरीएको सहयोग रकम जतिसक्दो छिटो समितिलाइ उपलब्ध गराइदिनुहुन समितिले सम्बन्धीत सबैलाइ आग्रह गरेको छ । साथै लेकम ५ मैखोलीमा रहेको मालीकार्जुन मन्दीरमा भबन निमार्णकालागी सहयोग गर्न चाहाने भक्तजन एब. दाताहरुलाइ समितिसंग सम्पर्क राख्न समिति अध्यक्ष जोशीले आग्रह गर्नुभयो ।

मैखोली पुर्खौली घर भएका सम्पुर्ण आठोला परिवारलाइ एकजुट गर्ने र मन्दीरलाइ पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने उदेश्यले मन्दीरमा पुर्बाधार निमार्णको काम सुभारम्भ गरीएको समितिका सचिब हरीप्रशाद जोशीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ