१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा प्रहरी सहायक निरीक्षक झुन्डिएको अवस्थामा भेटिए

८ आश्विन २०७४, आईतवार ०७:१२

असोज ८, तेह्रथुम। सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई सक्रान्तीबजार तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन् । 

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार राति आफ्नै घरको सिरान तलामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो । 

एकचालिस वर्षीय गुरुङ असोज ५ गते बिदामा घर जानुभएको थियो । एक महिनाअघिमात्र सक्रान्तिबजार सरुवा भई आएका गुरुङ दशैँका लागि लिपपोत गर्न भनी घरमा बिदामा बसेको सुरक्षा बेस क्याम्प आठराई सक्रान्तिबजारका सशस्त्र प्रहरी निरीक्षक सानुकान्छा तुवानावासुले बताउनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिने प्रहरीले जनाएको छ । 

रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी