१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

जिविस बाँकेद्धारा आगामी आर्थिक बर्षका लागि सवा ५ अर्बको बजेट प्रस्तुत

१७ फाल्गुन २०७२, सोमबार १०:०४

फागुन १७, बाँके । जिल्ला विकास समिति बाँकेले आगामी आर्थिक बर्षका लागि सवा ५ अर्बको बजेट प्रस्तुत गरेको छ । जिविसले १७ करोड ७१ लाख ६३ हजार ९ सय ३९ रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।

२५औं जिल्ला परिषद्मा स्थानीय विकास अधिकारी जीवलाल भुषालले आर्थिक वर्ष २०७३/७४ को बार्षिक बजेट मध्ये पुँजीगत तर्फ ३ अर्ब ४० करोड ७३ लाख ७ हजार ९ सय ४७ र चालूतर्फ १ अर्ब ७६ करोड ९८ लाख ५५ हजार ९ सय २२ रहेको छ । जिविस सभाकक्षमा आयोजना गरिएको परिषद्को खानेपानी तथा सरसफाई राज्यमन्त्री दिनेशचन्द्र यादवले उद्घाटन गर्नुभयो ।

विकास योजनाहरु स्थानीय स्वायत्त शासन ऐन, निर्देशिका तथा सिद्धान्तमा रहेर दिगो विकास लक्ष्य अन्तर्गत् गरिवी निवारण, वातावरणमैत्री पूर्वाधार निर्माण, लैंगिक समानता लगायतका विषयहरुमा आधारित नीति तथा कार्यक्रमहरु भुषालले प्रस्तुत गर्नुभयो । गुरुयोजना अन्तर्गत् सडक यातायात, झोलुंगे पुल, हुकाली राजमार्ग, जिल्ला सडक संजालमा जोडिएका सडकहरु निर्माण, राप्ती नदी डुबान र कटानबाट जोगाउन तटबन्ध लगायत दिगो समाधान खोजिने नीति तथा कार्यक्रममा छ ।

जनताको आवास कार्यक्रम अन्तर्गत् गन्धर्ब समुदायको बसोबासको लागि ब्यबस्था, बाढीपीडितका लागि आवास निर्माण लगायत गुणस्तरीय चेकजाँच प्रयोगशाला पनि आउने आर्थिक बर्षमा संचालन गरिने भुषालले बताउनुभयो । नीति तथा कार्यक्रममा राप्तीपारी क्षेत्रमा बिद्युतीकरण, बघौडा क्षेत्रलाई उज्यालो बनाउन शोलार बत्तीलाई प्रयोगमा ल्याईने र सूचना माग्ने प्रविधिलाई ब्यबस्थित बनाउन कार्यालयहरुलाई अनुरोध गर्ने र वेइभसाईड ब्यबस्थित गर्ने लगायत समेटिएका छन् ।

आर्थिक सामाजिक क्षेत्रतर्फ कृषि खेती प्रणालीलाई ब्यबस्थित वनाउन यान्त्रिकीकरण गर्ने र हाटबजार निर्माण गर्ने, पर्यटन विकासका लागि ५ बर्षे रणनीति अनुसार काम गरिने, साझेदारी समन्वयकारी भूमिका बढाउनेदेखि लिएर उद्यमशीलताका लागि दैनिक १८ घण्टा बिद्युत प्रवाहका लागि पहल थाल्ने साथै युवा लक्षित कार्यक्रमहरु प्रभावकारी बनाउने कुराहरु मुख्य प्राथमिकतामा छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु