Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जिल्ला समन्वय समितिको कार्यालय कास्कीमा चोरी

२०७४, २९ आश्विन आईतवार ०५:३०

पोखरा २९ असोज । जिल्ला समन्वय समितिको कार्यालय कास्कीको राजश्व शाखाको काउन्टरमा शुक्रबार राति चोरी भएको छ । समितिकै सुरक्षा गार्ड डम्बरबहादुर गुरुङले चोरीमा आफ्नो संलग्नता रहेको स्वीकार गरेका छन् ।गुरुङले कार्यालयको १०६ नम्बर कोठाको दराज खोलेर त्यसभित्र रहेको सेफको एक छेउमा सानो प्वाल पारेर रकम निकालेको घटनास्थलको अनुसन्धानपछि प्रहरीले जनाएको छ । घटना शुक्रबार राति ११ बजेतिरको हो । शुक्रबार राति नै ती गार्डले समितिका एक कर्मचारीलाई फोन गरेर चोरीको बारेमा जानकारी गराएका थिए ।त्यसलगत्तै घटनास्थल पुगेको प्रहरीले केरकार गर्दा गुरुङले ५ जनाको समूह आएर आफूलाई डोरीले रुखमा बाँधेपछि उनीहरुलाई चाबी दिएको र त्यसपछि भित्र के भएको हो थाहा नभएको बताएका थिए ।प्रहरीले तत्काल उनलाई नियन्त्रणमा लिएको थियो । ब्लु हेभन सेक्युरिटी कम्पनीमार्फत् गुरुङ २ वर्षदेखि जिविसमा काम गर्दै आएका थिए । उनले शुक्रबार राति मादक पदार्थ सेवन पनि गरेको प्रहरीले जनाएको छ ।कम्पनीबाट अर्को सुरक्षा गार्ड मगाएर जिससमा तैनाथ गरेपछि प्रहरीले गुरुङलाई नियन्त्रणमा लिएको हो । रातपरेपछि प्रायजसो मादक पदार्थ सेवन गर्ने गुरुङको बानी नै थियो । समितिका कर्मचारीले यो कुरा थाहा पाए पनि बेवास्ता गर्दै आएका थिए ।प्रहरीले फकाएर सोध्ने क्रममा आफूले नै सेफको छेउमा सानो प्वाल बनाएर ८ हजार ५ सय रुपैयाँ निकालेको स्वीकार गरेका छन् । उनले उक्त रकम कार्यालय परिसरकै धूपीका बोटभित्र लुकाएर राखेका थिए । जिससले भने ३ लाख ७७ हजार ९ सय ५० रुपैयाँ सेफबाट चोरी भएको उजुरी प्रहरीलाई दिएको छ ।घटनामा कार्यालयका अन्य कर्मचारीको संलग्नता रहे नरहेको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सेफमा दराजमा ५ लाख ४ सय ४५ रुपैयाँ भेटिएको छ ।कार्यालयमा जम्मा भएको राजश्व समयमै बैंक दाखिला नगरेको भन्दै जिल्ला समन्वय समिति कास्कीले राजश्व शाखामा कार्यरत खरिदार सुनिल थापालाई कारवाही थालेको छ । थापालाई कारवाही गर्न समितिले शनिबारै पत्र तयार गरिसकेको छ । बिदाको दिन भएकाले आइतबार उनले पत्र बुझ्नेछन् ।समितिका आन्तरिक लेखा परीक्षक अधिकृत रोमनाथ उपाध्यायले राजश्व जम्मा भएकै दिन वा भोलिपल्ट बैंक खातामा दाखिला गर्नुपर्नेमा सो नदेखिएको बताए । नियमानुसार बैंकमा दाखिला नगरेको रकमको २५ प्रतिशत जविाना थापाले तिर्नुपर्ने भएको छ । जिविसकै पूर्व कर्मचारीका छोरा थापा करारका कर्मचारी हुन् ।कार्यालय प्रमुखले कारण पुष्टि गर्ने आधार भएमा १५ दिन वा १ महिनाभित्र दाखिला गर्न सकिने प्रावधान छ । तर कुनै आधारबिनै खरिदार थापाले रकम खातामा जम्मा नगरेको पाइएको छ । खातामा राजश्व जम्मा भए नभएको बारेमा लेखा शाखाले पनि वास्ता नगर्नु गैरजिम्मेवारीपना रहेको समितिकै एक कर्मचारीले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी