देउसी भैलोलाई आधुनिकताको आक्रमण, हराउँदै सोरठी र टप्पा

Posted on: 19 Oct, 2017

शंकर के सी | कात्तिक २, सल्यान | हिजो आज गाउँ तथा शहर जताततै देउसीभैलोको रौनक छ । क्लव, समूह, सहकारि, स्कुल देखि लिएर सल्यानमा संचारसंस्थालाइ पनि देउसीभैलोले छोएको छ । बालक, युवा र वृद्धसम्म तिहारको देउसीभैलोमा झुमिरहेका छन् । तर यहि क्रममा देउसीभैलोको मौलिकता हराउदै गएको भन्दै कतिपयले चिन्ता समेत व्यक्त गरेका छन् ।

सल्यानमा विशेष गरि तिहारको अवसरमा नाचीने सोरठी, पैस्यारु, टप्पा, वनगारि लगाएतका नाच हराउदै गएका छन् । यसको सट्टामा भैलोेमा तोकेरै पैसा असुल्ने, युवायुवती मदिरा सेवन गरेर अश्लिल गीतमा नाच्ने गरेको देखिन्छ । यसले सल्यान कपुरकोटका मिन बहादुर बुढा चिन्तीत छन् ।

उनले भने, हाम्रा गाउँघरका सोरठी लगाएतका संस्कृती देख्नै नपाइने स्थीती आयो, ‘देउसी–भैलोेमा आशिष दिएर पो गक्ष अनुसार दिएको दान लिनुपर्छ, तर, अहिलेका युवायुवती देउसी–भैलोमा तोकेरै पैसा असुलेको देख्दा दुःख लाग्छ ।’

परम्परागत देउसीभैलोमा पछिल्लो समय आधुनिकताले आक्रमण गरेको पाइएको छ । विशेष गरि युवायुवतीमा आधुनिकताको भुत चढ्दा देउसी भैलोको मोलीकता मेटिने चिन्ता बुढापाकाहरुले गर्न थालेका छन् । मादल, बासुरि, खैजडि लगाएतका बाध्यवाधनका माध्ययमबाट दाजुवहिनीको कथाव्यथाहरु प्रस्तुत हुने देउसीभैलो हिजो आज चर्को आवाजका आधुनिक साउण्ड सिस्टममा सिमित हुँदा चिन्ता बढ्दै गएको राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान सल्यानका अध्यक्ष यम थापाले बताए ।

रेडियो कपुरकोट सल्यानका स्टेशन मैनेजर सन्तोष जिएमले पनि भैलोमा आधुनिक शैली भन्दा पुरानै परम्परागत भैलो नै मन पर्ने बताउँछन् । तिहार आउँदा उनलाई बाल्यकालका स्मरण ताजा बन्दै मारुनी, सोरठी, टप्पा नाचेका र गाएका दृश्य झलझली याद आउँछन् । उनले भने, ‘उहिलेका भैलो रमाइला हुन्थे । तर, अहिले डिजे, साउण्ड बक्समा देशी–विदेशी गीतमा कानै फुट्लाझैँ बजाएर नाचेको पटक्कै मन पर्दैन ।’

उनीहरू मात्र होइन, पुरानो पुस्तालाई अहिलेको देउसी–भैलो पटक्कै मन परेको छैन । पुरानो पुस्ता बलि राजाको गाथासहितको परम्परागत भैलो मन पराउँछन् । परिवारलाई आशिष दिँदै कम्मर मर्काइमर्काइ मादल, खैजेरीको तालमा नाचेको दृश्य नै रमाइलो लाग्ने गरेको बुढापाकाहरु बताउँछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!