२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

भदौवाटै रामायणका कथा लेख्नेदेखी देउसी समुह निर्माण गरिन्थ्यो– घिमिरे

२०७४, ३ कार्तिक शुक्रबार १०:१२

चिसाङ शेर्पा | कात्तिक ३, खोटाङ | ‘यसै घरका गाईवस्तु गोठ, हिड्दामा खेरी ताँतीका–ताती महुरेमाथी होईमा रहुंन् ।  कुखुरा चल्ला परेवा मल्ला वस्दामा खेरी पृथ्वी ढाकुन, उड्दामा खेरी आकाश छाउँन् देउसीरे–देउसीरे…!’

वाल्यकालमा वर्षभरीकै सवैभन्दा रमाईलो दिनको रुपमा तिहारको देउसी भैलो नै हुने गथ्र्येा । वर्षभरीको मिठो पर्खाइ तिहारको देउसी खेल्नकै लागि हुन्थ्यो । भाद्र महिनादेखी नै कापीमा रामायणका कथा लेख्नेदेखी, देउसीका समुह निर्माण गर्ने गरिन्थ्यो । रामायण लेख्ने र भट्याउने नेतृत्व प्राय मैले नै गर्थे । नेकपा एमाले निटक अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष तथा रुपाकोट मझुवागढी नगरपालिका वुईपा–१४ का ओम प्रकास घिमिरेले घतलाग्दो तिहारको सम्झना सुनाए । 

देशैभरी छाएको सुर्य जस्तै, सबैको ओठमा खुशी छाओस,

ननीभोस आशाको दियो, भैरहोस दीपावली देशै उज्यालो हुने गरी 

फुलेका फुलहरु नओइलाउन गलाहरुमा,गाँसीएको माला नछीनोस युगौ सम्म ।

नेपाली साहित्यमा क्षेत्रमा समेत अव्वल घिमिरेले मन्त्रमुग्ध हुंदै फोनवाटै आफ्ना विगत सुनाउन कस्सिए ‘खाशमा त्यो वेला हामी कसले वढि दान दिन्छ, कसले वढि पैसा दिन्छ, उसैका घरमा धेरै आशिष दिने गथ्र्यौ । सवैभन्दा धेरै पैसा दिने भएको कारण हामी सुरुमा बुईपाको फेदी भन्ने गाउँमा देउसी खेल्न जान्थ्यौ ।’  

देउसी खेली सकेपछि दानस्वरुप आएको पैसा वाँड्ने । भट्याउनेलाई अलिक वढि पैसा राख्ने गथ्र्यैा । आफु भट्याउने भएकाले अरुको भन्दा अलिक वढि पैसा मेरै भागमा पर्दथ्यो । खुशी लाथ्यो । आहा ! तिहार 

‘तिहारको रौनकतामा मादल वोक्नेलाई पाँच रुपैयाँ दिने गर्दथ्यो । ५ रुपैयाँको नदिए मादल वोक्ने साथी नै हुदैन थिए, क्या गज्जव थियो त्यो समय । पुरानो संस्कारले ८ अथवा १२ जना हिड्न हुंदैन भन्ने चलनले अझै पनि छोडेको छैन । त्यही कुसंस्कारले देउसी खेल्न जान लाग्दा ८ जना भेला भएछौ । सवै मिलेर एकजना साथीलाई जर्वजस्ती फर्कायौ खेल्न जानै दिएनौ, त्यो दिन सम्झेर आज पनि मलाई नमिठो लाग्छ ।’ 

वर्ष दिनमा आउने तिहार भन्ने वितिक्कै पुराना यादहरु यादगर वनाईदिन्छ ‘देउसीका दिन एकजना शिक्षक कहाँ देउसी खेल्दै गर्दा सरले दान निकाल्नु भएको नाङलोमा १ सयको नोट राखिदिए । मैले देउँसी भट्याउदा करीव सयचोटी भन्दा धेरै नाङलो र नोटलाई धेरै हेरे । त्यो दिन जती खुशी म, आजसम्म कुनै पनि दिन हुन सकेको छैन । खुशी भएको त्यो पल सम्झेर अहिले पनि देउसी खेल्ने केटाकेटी मेरो घरमा आएको वेला १ सय रुपैयाँको नोट लगाईदिने गर्छु । ति केटाकेटीहरु पनि म जस्तै त हुन् । उनीहरुलाई पाि मलाई झै एकसय रुपैयाँको नोटको महत्व हुन्छ होला । सयको नोटले ल्याउने खुशी मलाई मात्र थाहा छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा