१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

खिल्ली चुरोट विक्रि वितरणमा बढ्दो विगविगी सरोकारवाला निकाय मौन

१३ फाल्गुन २०७२, बिहीबार ०३:५१

dhumarpanदलसिंह गिरी/फागुन १३, कालिकोट । नेपाल सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियगमन ऐन २०६८ जारी गरेको ४ बर्ष पछि सरकारले खिल्ली चुरोट बिक्री बितरणमा पूर्णरुपमा प्रतिबन्ध लगाउन जिल्ला स्तरको सम्बन्धित निकायलाई निर्देशन गरिसकेपनि कालिकोटमा भने खिल्ली चुरोट विक्रि वितरण रोकमा सम्बन्धित सरोकारवाला निकायले कुनै पहल गरेको देखिदैन ।

बजार भर प्राय सबै ठाउमा खिल्ली चुरोट विक्रि वितरण ब्यापक भैरहेको छ भने सार्वजनिक स्थलमा समेत खुल्याम खुला चुरोट पिउने काम भैरहेको पाइन्छ । स्वास्थ्य मन्त्रालयले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियगमन ऐन २०६८ को दफा ११ को उपदफा ४ का आधारमा अबदेखि कुनै पनि पसलबाट खिल्ली चुरोट बिक्री गरेको पाइएमा जनही १० हजार रुपैयाँ सम्म जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था समेत गरेको ।

यसको रोकथामको लागि जिल्लाका सरोकारवाला निकायले के पहल गरेको छ भन्ने प्रश्नमा सहायक प्रमख जिल्ला अधिकारी पदमलाल लामिछाने नेपाल सरकारबाट परिपत्र नआईसकेको र परिपत्र पाउना साथ खिल्ली चुरोट रोकथामका लागि बजार अनुगमन गरी जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा सूचना प्रबाहको अभियानलाई अगाडी बढाउने बताउनु भएको छ ।

यता सुर्तिजन्य पदार्थ सेवनबाट स्वास्थ्यमा पार्ने असरबारे जनचेतना जगाउन बर्षेनी लाखौ रकम जिल्लामा आउने गरे पनि सिमित सुर्तिजन्य पदार्थ नियन्त्रण दिवस मनाएर खर्च गर्ने गरेको यसले ग्रामिण भेगका जनतालाई कुनै शन्देश प्रभाह नभएको स्वास्थ्यका केही जानकारहरु बताउछन् ।

जिल्ला स्वास्थ्य कार्यालयले भने यसको नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा कार्यक्रमहरु संचालन गर्दै आइरहेको जनाएको छ । आफुले संचालन गरेका कार्यक्रमबारे बताउदै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकर लोहलाले विगतका दिनहरुमा स्वास्थ्य मन्त्रालयले तयार पारेको कार्यक्रम अनुसार जनचेतनात्मक कार्यक्रम गरेको तर यस पटकको खिल्ली चुरोट विक्री रोकथामको लागि कुनै परिपत्र नआएकाले यसको बारे कुनै प्रक्रिया अगाडी नबढेको बताउनु भएको छ । यसका लागि तत्काल सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन जिल्ला स्तरीय समितिको बैठक बसी कार्यान्वयन तिर लाग्ने जनाउनु भएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको एक तथ्यांक अनुसार नेपालमा ५३ प्रतिशत पुरुष र १३ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका र २० प्रतिशत किशोरकिशोरीले धूमपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा