२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

खिल्ली चुरोट विक्रि वितरणमा बढ्दो विगविगी सरोकारवाला निकाय मौन

२०७२, १३ फाल्गुन बिहीबार ०३:५१

dhumarpanदलसिंह गिरी/फागुन १३, कालिकोट । नेपाल सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियगमन ऐन २०६८ जारी गरेको ४ बर्ष पछि सरकारले खिल्ली चुरोट बिक्री बितरणमा पूर्णरुपमा प्रतिबन्ध लगाउन जिल्ला स्तरको सम्बन्धित निकायलाई निर्देशन गरिसकेपनि कालिकोटमा भने खिल्ली चुरोट विक्रि वितरण रोकमा सम्बन्धित सरोकारवाला निकायले कुनै पहल गरेको देखिदैन ।

बजार भर प्राय सबै ठाउमा खिल्ली चुरोट विक्रि वितरण ब्यापक भैरहेको छ भने सार्वजनिक स्थलमा समेत खुल्याम खुला चुरोट पिउने काम भैरहेको पाइन्छ । स्वास्थ्य मन्त्रालयले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियगमन ऐन २०६८ को दफा ११ को उपदफा ४ का आधारमा अबदेखि कुनै पनि पसलबाट खिल्ली चुरोट बिक्री गरेको पाइएमा जनही १० हजार रुपैयाँ सम्म जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था समेत गरेको ।

यसको रोकथामको लागि जिल्लाका सरोकारवाला निकायले के पहल गरेको छ भन्ने प्रश्नमा सहायक प्रमख जिल्ला अधिकारी पदमलाल लामिछाने नेपाल सरकारबाट परिपत्र नआईसकेको र परिपत्र पाउना साथ खिल्ली चुरोट रोकथामका लागि बजार अनुगमन गरी जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा सूचना प्रबाहको अभियानलाई अगाडी बढाउने बताउनु भएको छ ।

यता सुर्तिजन्य पदार्थ सेवनबाट स्वास्थ्यमा पार्ने असरबारे जनचेतना जगाउन बर्षेनी लाखौ रकम जिल्लामा आउने गरे पनि सिमित सुर्तिजन्य पदार्थ नियन्त्रण दिवस मनाएर खर्च गर्ने गरेको यसले ग्रामिण भेगका जनतालाई कुनै शन्देश प्रभाह नभएको स्वास्थ्यका केही जानकारहरु बताउछन् ।

जिल्ला स्वास्थ्य कार्यालयले भने यसको नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा कार्यक्रमहरु संचालन गर्दै आइरहेको जनाएको छ । आफुले संचालन गरेका कार्यक्रमबारे बताउदै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकर लोहलाले विगतका दिनहरुमा स्वास्थ्य मन्त्रालयले तयार पारेको कार्यक्रम अनुसार जनचेतनात्मक कार्यक्रम गरेको तर यस पटकको खिल्ली चुरोट विक्री रोकथामको लागि कुनै परिपत्र नआएकाले यसको बारे कुनै प्रक्रिया अगाडी नबढेको बताउनु भएको छ । यसका लागि तत्काल सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन जिल्ला स्तरीय समितिको बैठक बसी कार्यान्वयन तिर लाग्ने जनाउनु भएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको एक तथ्यांक अनुसार नेपालमा ५३ प्रतिशत पुरुष र १३ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका र २० प्रतिशत किशोरकिशोरीले धूमपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु