१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

दुई बर्ष भित्र कालिकोट पुरै झिलीमिली, प्लेन सरर –सांसद विष्ट

२१ फाल्गुन २०७२, शुक्रबार १२:५६
दलसिंह गिरी फागुन २१, कालिकोट/जिल्लाको एकमा विद्युत सेवा पोतमारा साना जलविद्युत आयोजना विग्रिएको ५ महिना वितिसक्दा पनि सुचारु हुन नसकिरहेको बेला नेकपा एमाले कालिकोटबाट मनोनित सांसद तुलाराज विष्टले कालिकोटका सबै गाविसलाई पूर्ण विद्युत सेवाको पहुँचमा ल्याई पुरै जिल्लालाई झिलीमिली बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको बताउनु भएको छ ।
kalikot
रेडियो नेपाली आवाज कालिकोटले आज विहान आयोजना गरेको चियाचौतारी रेडियो कार्यक्रममा बोल्दै विष्टले यस्तो कुरा बताउनु भएको हो । गत आवमा प्राप्त संसदकोषको बजेटले जिल्लाका भर्ता, पानतडी, लालु, थिर्पू, फुकोट, राचुली लगायतका ६ वटा अधुरा लघु जलविद्युत अयोजनामा बजेट थप गरी यस आर्थिक बर्षको अन्य सम्ममा सम्पन्न गरी विद्युत सेवा सुचारु गर्नेे र गत आर्थिक बर्ष भित्रै सर्भे भएका अन्य साना जल विद्युत आयोजनाहरु यो आर्थिक बर्षमा आएको संसदकोषको बजेटबाट निर्माण गरी अब आउने आर्थिक बर्ष भित्र विद्युत जिल्लाका सबै गाविसलाई विद्युत सेवाको पहुँचमा पूर्णता दिने विष्टले बताउनु भएको छ ।

यसै २०४२ साल देखि निर्माणाधिन जिल्लाको एकमात्र सुनथराली विमान स्तल अब आउने आर्थिक बर्ष २०७३/०७४ भित्र पूर्णता दिई त्यहि आर्थिक बर्ष भित्रै प्लेन टेष्ट फ्याईट समेत गरि सक्ने दोश्रो लक्ष्य रहेको र यसका लागि संम्बन्धित मन्त्रालयबाट प्रयाप्त बजेट छुट्याई निर्माण कार्यमा तिव्र भैरहेको सांसद विष्टले बताउनु भएको छ ।

यस्तै हुम्लाको हिल्सा हुदै चिन सम्म जोड्ने कर्नालीको एकमात्र खुलालु हिल्सा सडक खण्ड निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिई निर्माण कार्य रप्तारले अगाडी बढिरहेको हुदा जुम्ला कर्नाली राजमार्गबाट हुम्ला कर्नाली सडक योजनामा जोड्न कालिकोटको लालु र भर्ता गाविसको विचमा बन्न लागेको पक्की पूल गत बर्ष तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रि विमलेन्द्र निधिले सिल्यान्यास गरी यसको निर्माणको लागि कन्काई नेपाल प्रगतिजेवि काठ्माण्डौले जिम्मा लिए पनि अहिले सम्म पुल निर्माण कार्यमा कुनै सक्रियता नदेखाएकाले कन्काई नेपालको लाईसेन्स खारेज गरी नयाँ टेन्डर प्रक्रियाबाट आउने आर्थिक बर्ष भित्र पुलको निर्माण कार्य सम्पन्न गर्ने गरी विभिन्न निकाय संग पैरवी गरिरहेको विष्टले बताउनु भएको छ ।
एक फरक प्रशंगमा बोल्दै विष्टले कालिकोटको शैक्षिक स्तर खस्किएकाले जिल्लामा शैक्षिक क्यालेण्डरको आवश्यक रहेको बताउनु भएको छ । विद्यालयमा अध्यापन गराउने शिक्षकहरु राजनैतिक पार्टीमा सक्रिय रुपमा लाग्ने गरेको र विद्यालयमा खेताला शिक्षक राख्ने प्रबृति बढेकाले पनि जिल्लाको समग्र शैक्षिकस्तर खस्किएको बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल