२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

टिकट नदिएको झोक: अखिल क्रान्तिकारीका युवाले युवासंघ गाउँ कमिटि अध्यक्षलाई चिर्पट हाने

१८ कार्तिक २०७४, शनिबार १५:१९

टेक शाही | कात्तिक १८, सास (डोल्पा) | डोल्पा जिल्लाको मुड्केचुला गाँउपालिकाको कालिका गाँउमा यूवा सँघ गाउपालिकाका अध्यक्ष रुद्र शाही गम्भीर घाइते भएका छन् । शनिबार बेलुकि ४ बजे पछि अखिल क्रान्तीकारिका जिल्ला सदस्य टक्क शाहीले युवासँघ गाँउ कमिटिका अध्यक्ष रुद्र शाहीमाथि लुकेर आक्रमण गरेको स्थानियले जानकारि दिएका छन् । 

बाम गठबधनको टोली प्रचार प्रशारको लागि कालिका पुगेर कार्यक्रम सम्पन्न भएपछि अध्यक्ष एक्लै भएको मौका पारि दाउरा प्रहार गरेको नेकपा एमाले जिल्ला कमिटि डोल्पाका सदस्य लँक रोकायाले जानकारि दिए । उनले भने उनको आफ्नै  पार्टि माओबादि केन्द्रमा असन्तुष्टि भएका कारण निकै रुष्ट भएको र रुद्र शाहीसँग आपसि दुष्मनीयता भएको कारणले पनि त्यसरि लुकेर दाउरा प्रहार गरि गम्भीर घाइते बनाएको बताए । 

ठुलो जनमत सबै कालिकाबाट इल गाँउ तिर लागेपछि एक्लै भएको मौकामा रुद्र शाही माथि आक्रमण गरेका थिए । टाउकोमा चिर्पट हानेपछि ठुलो चोट लागेको उनि अचेत अबस्थामा रहेको रुद्रका आफनत्ले जानकारि दिएका छन् । उनको कालिका फेमिलि अस्पतालमा उपचार भइरहेको जानकारि प्रहरिले दिएको छ । 

मदिरा सेवन गरेर रुद्र माथि आक्रमण गरेका टक्क शाहीलाई भने प्रहरिले नियन्त्रण गरेको प्रहरि नायव उपरिक्षक हरि प्रसाद शर्माले जानकारि दिए । उनले भने घाइतेको उपचार भइरहेको छ,  बाहिरि चोट देखिएको छैन तर उनको अबस्था कस्तो छ भन्नेबारे एकिन गर्न नसकिएको बताए । निबर्तमान सदस्य धन बहादुर बुढाले आइतबार बिहान हेलिकप्टरबाट घाइते रुद्रको उद्धार गरिने अनका आफन्तलाई आस्वासन दिएका छन् । 

यता रुद्रका आफन्तले भने अब रुद्र बाच्ने आशा कमै भएको बताए । टाउकोमा चोट धेरै भएको र समयमा राम्रो अस्पतालमा लैजान नँसके पछि भगवान भरोसा रहेको आफन्तले बताए । बाम एकतामा सबै जनता उत्साहित भएको बेलामा टक्कले ब्यक्तिगत दुष्मनी बाम एकतामा जोड्ने प्रयास गरेको प्रचारमा रहेकी समानुपातिक सुचिमा रहेकी पदम कुमारि बोहोराले बताइन । साना तिना घटना हुने र यसले बाम एकतामा कुनै प्रभाब नपर्ने माओबादि केन्द्रका नेताहरुले बताएका छन । 

टक्क शाहीका आफन्तले माओबादि केन्द्रबाट प्रदेशसभामा टिकेट नपाएपछि उनले आफ्नै पार्टीभित्र द्धन्द गरिरहेको अखिल क्रान्तीकारिका केन्द्रीय सदस्य कमल शाहीले बताए । उनका अनुसार आफनाको नाम प्रदेशसभामा सिफारिस नभएर बिर बहादुर शाहीको नाम सिफारिस भएपछि काँग्रसमा प्रबेश गर्ने र बामलाइ सहयोग नगर्ने धम्की दिएको बताए । 

डोल्पाको निर्वाचन प्रदेश न. 'ख'  मा माओबादि केन्द्रका बिर बहादुर शाहीले प्रदेश सभाका लागि प्रत्यक्षमा टिकेट पाएका छन् । उनि सँगै प्रतिनिधिसभाका प्रत्यक्ष टिकेट पाएका नेकपा एमालेका धन बहादुर बुढा पनि प्रचारप्रशारमा सँगै गएको नेकपा एमाले डोल्पाले जानकारि दिएको छ । 

स्थानिय तहको निर्वाचनमा पानि बाराबारको अबस्थामा रहेको क्षेत्रमा बाम एकतापछि प्रतिनिधिसभाका उम्मेद्धार र प्रदेश सभाका उम्मेद्धार एकै साथ निष्कीएका छन् । एकै टोली बनेर गाँउगाँउ आएको देख्दा मन दुखाएका कार्यकर्ता पनि हर्ष उल्लासका साथ नेताहरुको स्वागतमा लागेका छन् । बाम एकता निर्वाचनका लागि मात्र नभएर पार्टि एकताका लागि नै लैजानु पर्ने दुवै दलका कार्यकर्ता र जनताको नेतासँग माग रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य