३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा परिचालीत बजेटबारे पहिलो पटक सार्वजनिकिकरण

२६ चैत्र २०७२, शुक्रबार १३:४९

दलसिंह गिरी / चैत २७, कालिकोट । जिल्लामा कृयाशिल सरकारी कार्यालयहरुले बार्षिक रुपमा गर्ने खर्चको सार्वजनिकिकरण बारे कोष तथा लेखा नियन्त्रण कार्यालय कालिकोटले जिल्लामा कृयाशिल प्रत्रकारहरु संग छलफल गरेको छ । सरकारी कार्यालयमा हुने खर्चबारे भोली आयोजना गर्न लागेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रतुत गर्ने विषय बस्तुहरु पत्रकारहरुलाई जानकारी गराउदै ति विषय बस्तुहरुमा टिप्पणी गर्नको लागि छलफल गरेको कार्यालयले जनाएको छ ।
Rishiraj adhikari - kalikot

कोष तथा लेखा नियन्त्रण कार्यालय र पत्रकारहरु विच भएको छलफलमा यहि चैत्र २७ विहान जिल्ला सदरमुकाम मान्मको स्वीसबेल होटलमा हुन लागेको सार्वजनिक सुनुवाईमा प्रतुत गरिने विषय वस्तु माथि टिप्पणी गर्न पत्रकार भेटघाट कार्यक्रम गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालय कालिकोटका प्रमुख ऋषिराम अधिकारीले बताउनु भएको छ ।

आर्थिक बर्ष २०७२ । ०७३ को तेश्रो चौमासिक समेत सुरु भै सक्दा जिल्लामा कृयाशिल विभिन्न सरकारी कार्यालयहरुमा एक तिहाई पनि बजेट खर्च नभएकाले यसको अवस्थाबारे सार्वजनिक गर्न सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागेको अधिकारीले बताउनु भएको छ ।

आर्थिक बर्ष २०७२ । ०७३ को चैत्र २० गते सम्म बजेट खर्चको अवस्था हेर्दा चालु तर्फ कुल बजेट १ अर्ब ७१ करोड २८ लाख १० हजार ७ सय ७६ मध्य खर्च ९८ करोड ९७ लाख ७९ हजार ९ सय ७२ मात्र खर्च भएको र अझै ७२ करोड ३० लाख ८ सय ४ रुपैया बजेट बाकी रहेको अधिकारीले बताउनु भएको छ । यस्तै पुजीगत तर्फ कुल बजेट ३३ करोड ५ लाख ५७ हजार ९ सय बजेट मध्य खर्च १० करोड ६८ लाख ८३ हजार ९ सय ९५ मात्र भएको र अझै २२ करोड ३६ लाख ७३ हजार ९ सय ४ रुपैया बाकी रहेको कार्यालयले जनाएको छ ।

यो आर्थिक बर्षमा चालु र पुजिगत बजेट समय अनुसार खर्च हुन नसके पनि राजस्व भने उल्लेख्य रुपमा जम्मा भएको कार्यालयले जनाएको छ । गत आर्थिक बर्ष भरी २ करोड ६५ लाख राजस्व जम्मा भएकोमा यो आर्थिक बर्षको तेश्रो चौमासिकको पहिलो महिना सम्म मै २ करोड ९१ लाख ६८ हजार २ सय २२ रुपमैया जम्मा भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति