२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा परिचालीत बजेटबारे पहिलो पटक सार्वजनिकिकरण

२०७२, २६ चैत्र शुक्रबार १३:४९

दलसिंह गिरी / चैत २७, कालिकोट । जिल्लामा कृयाशिल सरकारी कार्यालयहरुले बार्षिक रुपमा गर्ने खर्चको सार्वजनिकिकरण बारे कोष तथा लेखा नियन्त्रण कार्यालय कालिकोटले जिल्लामा कृयाशिल प्रत्रकारहरु संग छलफल गरेको छ । सरकारी कार्यालयमा हुने खर्चबारे भोली आयोजना गर्न लागेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रतुत गर्ने विषय बस्तुहरु पत्रकारहरुलाई जानकारी गराउदै ति विषय बस्तुहरुमा टिप्पणी गर्नको लागि छलफल गरेको कार्यालयले जनाएको छ ।
Rishiraj adhikari - kalikot

कोष तथा लेखा नियन्त्रण कार्यालय र पत्रकारहरु विच भएको छलफलमा यहि चैत्र २७ विहान जिल्ला सदरमुकाम मान्मको स्वीसबेल होटलमा हुन लागेको सार्वजनिक सुनुवाईमा प्रतुत गरिने विषय वस्तु माथि टिप्पणी गर्न पत्रकार भेटघाट कार्यक्रम गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालय कालिकोटका प्रमुख ऋषिराम अधिकारीले बताउनु भएको छ ।

आर्थिक बर्ष २०७२ । ०७३ को तेश्रो चौमासिक समेत सुरु भै सक्दा जिल्लामा कृयाशिल विभिन्न सरकारी कार्यालयहरुमा एक तिहाई पनि बजेट खर्च नभएकाले यसको अवस्थाबारे सार्वजनिक गर्न सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागेको अधिकारीले बताउनु भएको छ ।

आर्थिक बर्ष २०७२ । ०७३ को चैत्र २० गते सम्म बजेट खर्चको अवस्था हेर्दा चालु तर्फ कुल बजेट १ अर्ब ७१ करोड २८ लाख १० हजार ७ सय ७६ मध्य खर्च ९८ करोड ९७ लाख ७९ हजार ९ सय ७२ मात्र खर्च भएको र अझै ७२ करोड ३० लाख ८ सय ४ रुपैया बजेट बाकी रहेको अधिकारीले बताउनु भएको छ । यस्तै पुजीगत तर्फ कुल बजेट ३३ करोड ५ लाख ५७ हजार ९ सय बजेट मध्य खर्च १० करोड ६८ लाख ८३ हजार ९ सय ९५ मात्र भएको र अझै २२ करोड ३६ लाख ७३ हजार ९ सय ४ रुपैया बाकी रहेको कार्यालयले जनाएको छ ।

यो आर्थिक बर्षमा चालु र पुजिगत बजेट समय अनुसार खर्च हुन नसके पनि राजस्व भने उल्लेख्य रुपमा जम्मा भएको कार्यालयले जनाएको छ । गत आर्थिक बर्ष भरी २ करोड ६५ लाख राजस्व जम्मा भएकोमा यो आर्थिक बर्षको तेश्रो चौमासिकको पहिलो महिना सम्म मै २ करोड ९१ लाख ६८ हजार २ सय २२ रुपमैया जम्मा भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा