३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बालगृहमा रहेका बालबालिका र ग्रामिण भेगका बालबालिकाको अवस्था उस्तै–उस्तै

२७ चैत्र २०७२, शनिबार १३:३२

kalikot newsदलसिंह गिरी/चैत २७, कालिकोट । बालगृहमा रहेका बालबालिका र निम्न आयस्तर भएका समुदायका बालबालिकाको अवस्था उस्तै–उस्तै रहेको एक कार्यक्रमका सहभागिहरुले बताउनु भएको छ ।

बालबालिकाहरुलाई राम्रो विद्यालयमा पढाई दिन्छौं भन्दै अभिभावकलाई प्रलोभन देखाएर बालगृहमा पुर्याएका जिल्लाका ३२ जना बालबालिकाको उद्धार गरी अभिभाकको जिम्मा लगाएको सानो पाईला संस्थाले जिल्ला सदरमुकाम मान्ममा आयोजना गरेको अभिभावक तथा बालबालिकाहरु संग भेटघाट कार्यक्रममा बोल्दै पत्रकार पुष्पराज आचार्यले यस्तो कुरा बताउनु भएको हो ।

निम्न आयस्तर भएका समुदायका बालबालिकाहरुले आमाबुवाको यथार्थ माया पाउछन् र बालगृहमा रहेका बालबालिहरुले बालगृह संचालकबाट बनावटी माया पाउछन् यतिमात्र फरक हो । तर बालबालिकाहरुले दैनिक जीवनमा पाउनै पर्ने नैशर्गिक अधिकारलाई प्रत्याभुति गराउन मुख्य बाधक गरिवी र अशिक्षा रहेको आचार्यले बताउनु भएको छ ।

कालिकोटका ३२ जना बालबालिकाहरुलाई काठ्माण्डौबाट उद्धार गरी गत बर्ष अभिभावलाई जिम्मा लगाएको सानो पाईला संस्थाले ति बालबालिकाको अवस्थाबारे बुझ्न कालिकोट आएको र ति बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण समेत गरेको बताएको छ ।

kal;ikot

निम्न आय भएका ति बालबालिकाहरुका अभिभावकहरुको आयस्तर बृद्धिका लागि उनीहरुकै चाहना बमोजिम सिप मुलक मेसिनरी औजार समेत अभिभावकलाई हस्तान्त्रण गरेको संस्थाले जनाएको छ ।

जिल्ला बाल कल्याण समिति कालिकोटका अध्यक्ष जयकृष्ण संज्यालको अध्यक्षतामा जिल्ला सदरमुकाम मान्मको स्वीसबेल होटलमा संचालित कार्यक्रममा बोल्दै विभिन्न राजैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले उद्धार गरिएका बालबालिकाहरुको अवस्थाबारे बुझि उनीहरुलाई शैक्षिक ज्ञान प्राप्तीका लागि सहजता पुर्याउन संस्थाले खेलेको भूमिका प्रति धन्यवाद दिदै, बालगृहमा गएका बालबालिकालाई अभिभावक संग फिर्ता अभियान मात्र हैन बालबालिकालाई बालगृहमा लैजानबाट रोक्ने अभियान समेत संचालन गर्न सुझाव दिएका छन् ।

गत बर्ष उद्धार गरिएका ३२ जना बालबालिका कालिकोटका मेहलमुडी, सिपखाना, खिन र चिलखायाका रहेको जिल्ला बालकल्याण समितिका कालिकोटका बालअधिकृत मोतिलाल न्यौपानेले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’