२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बालगृहमा रहेका बालबालिका र ग्रामिण भेगका बालबालिकाको अवस्था उस्तै–उस्तै

२०७२, २७ चैत्र शनिबार १३:३२

kalikot newsदलसिंह गिरी/चैत २७, कालिकोट । बालगृहमा रहेका बालबालिका र निम्न आयस्तर भएका समुदायका बालबालिकाको अवस्था उस्तै–उस्तै रहेको एक कार्यक्रमका सहभागिहरुले बताउनु भएको छ ।

बालबालिकाहरुलाई राम्रो विद्यालयमा पढाई दिन्छौं भन्दै अभिभावकलाई प्रलोभन देखाएर बालगृहमा पुर्याएका जिल्लाका ३२ जना बालबालिकाको उद्धार गरी अभिभाकको जिम्मा लगाएको सानो पाईला संस्थाले जिल्ला सदरमुकाम मान्ममा आयोजना गरेको अभिभावक तथा बालबालिकाहरु संग भेटघाट कार्यक्रममा बोल्दै पत्रकार पुष्पराज आचार्यले यस्तो कुरा बताउनु भएको हो ।

निम्न आयस्तर भएका समुदायका बालबालिकाहरुले आमाबुवाको यथार्थ माया पाउछन् र बालगृहमा रहेका बालबालिहरुले बालगृह संचालकबाट बनावटी माया पाउछन् यतिमात्र फरक हो । तर बालबालिकाहरुले दैनिक जीवनमा पाउनै पर्ने नैशर्गिक अधिकारलाई प्रत्याभुति गराउन मुख्य बाधक गरिवी र अशिक्षा रहेको आचार्यले बताउनु भएको छ ।

कालिकोटका ३२ जना बालबालिकाहरुलाई काठ्माण्डौबाट उद्धार गरी गत बर्ष अभिभावलाई जिम्मा लगाएको सानो पाईला संस्थाले ति बालबालिकाको अवस्थाबारे बुझ्न कालिकोट आएको र ति बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण समेत गरेको बताएको छ ।

kal;ikot

निम्न आय भएका ति बालबालिकाहरुका अभिभावकहरुको आयस्तर बृद्धिका लागि उनीहरुकै चाहना बमोजिम सिप मुलक मेसिनरी औजार समेत अभिभावकलाई हस्तान्त्रण गरेको संस्थाले जनाएको छ ।

जिल्ला बाल कल्याण समिति कालिकोटका अध्यक्ष जयकृष्ण संज्यालको अध्यक्षतामा जिल्ला सदरमुकाम मान्मको स्वीसबेल होटलमा संचालित कार्यक्रममा बोल्दै विभिन्न राजैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले उद्धार गरिएका बालबालिकाहरुको अवस्थाबारे बुझि उनीहरुलाई शैक्षिक ज्ञान प्राप्तीका लागि सहजता पुर्याउन संस्थाले खेलेको भूमिका प्रति धन्यवाद दिदै, बालगृहमा गएका बालबालिकालाई अभिभावक संग फिर्ता अभियान मात्र हैन बालबालिकालाई बालगृहमा लैजानबाट रोक्ने अभियान समेत संचालन गर्न सुझाव दिएका छन् ।

गत बर्ष उद्धार गरिएका ३२ जना बालबालिका कालिकोटका मेहलमुडी, सिपखाना, खिन र चिलखायाका रहेको जिल्ला बालकल्याण समितिका कालिकोटका बालअधिकृत मोतिलाल न्यौपानेले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड