३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सामुदायिक बनमा आगलागी करोडौको क्षति

१० बैशाख २०७३, शुक्रबार ०९:५५

बैशाख १०, कालिकोट । बदालकोट गाविसको वडा नं. १ बरातु सामुदायिक बनमा आगलागी हुदा करोडौंको जडिबुटी जन्य बस्तु तथा खोटो जले नष्ट भएको छ । बुधवार देखि लागेको आगोले सामुदायिक बनमा रहेको पाखन बेद, जटामसी, बनचुते, चिराइतो, गुर्जो, जस्ता विभिन्न जडिबुटी नस्ट भएको हो भने बागेश्वरी खोटो कम्पनीले संकलन गरेको लाखौं मुल्य बरावरको खोटो जलेर नष्ट भएको हो ।

 

आगलागीका कारण बरातु सामुदायिक बनहुदै ल्याएको पिउने पानी तथा सिचाई पानीको पाईप जलेर नष्ट भएर गएको छ । पाईप जलेर नस्ट हुदा पिउने पानी र तरकारी खेतीमा सिचाई गर्ने पानीको समस्या आएको बरातु सामुदायिक बनका अध्यक्ष मिन बहादुर रोकायाले बताउनु भएको छ ।

चुलिमालिका सामुदायिक बन मान्मको सल्लीबारी बाट बरातु सामुदायिक बनमा लाग्दा सबै सामुदायिक बन आगलागीबाट सखाप भएको रोकायाले बताउनु भएको छ । चेत्र बैशाखको खडेरीका कारण खुख्खा बनजंगल भएको र बुधबार रातीको समय बनमा आगो प्रबेश गरेका कारण आगो नियन्त्रण गर्न नसकी पुरै बन सखाप भएको रोकायाले बताउनु भयो ।

आगलागीका कारण बेमौसमी तरकारी तथा फलफुल उत्पादनमा जिल्लाकै एक प्रमुख श्रोतको रुपमा लिइने बरातु गाउमा सिचाई पानीको अभाव हुदा तरकारी तथा फलफुल खेती सिचाइमा समस्या रहेको स्थानीय अगुवा कृषक तारा गिरीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’