बैशाख १२, हुम्ला । औषधि प्राप्त नभएर सदरमुकामदेखि उत्तरी भेग पर्ने स्याडा गाविसमा रुघा, खोकी, ज्वरो र कपाल दुख्ने रोगबाट शनिबार चार जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा लालमती बुढा, भोटी रोकाया, भद्रवीर बुढा र ढोली बुढा रहेको स्थानीय बासिन्दा कलपुन बुढाले जनाएका छन् । यसैगरी गर्मीले यहाँ करिब सय जना बिरामी भएको स्थानीय बासिन्दाले लोकेन्द्र रोकायाले बताए ।
यस्तै जुमा, झोपा र घोडा गरी आठ जनावर मरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयमा भने कर्मचारी देखिएनन् ।