कात्तिक २४, धादिङ | धादिङको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने ज्वालामूखी–४ ढोलामा बिहीबार राति भएको झगडामा ६ जना घाइते भएका छन् । उनीहरुमध्ये ३ जनाको स्थिति गम्भी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २४, धादिङ | धादिङको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने ज्वालामूखी–४ ढोलामा बिहीबार राति भएको झगडामा ६ जना घाइते भएका छन् । उनीहरुमध्ये ३ जनाको स्थिति गम्भी"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङको ज्वालामुखी-४ ढोलामा खुँडा प्रहारबाट ६ जना घाइते, ३ जना गम्भीर

२४ कार्तिक २०७४, शुक्रबार १४:०६

कात्तिक २४, धादिङ | धादिङको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने ज्वालामूखी–४ ढोलामा बिहीबार राति भएको झगडामा ६ जना घाइते भएका छन् । उनीहरुमध्ये ३ जनाको स्थिति गम्भीर छ ।

ढोला गाउँ बिकास समितिका पूर्व अध्यक्ष टंकनाथ अधिकारीसँग गाउँका युवाहरुको विवाद हुँदा एक आपसमा झगडा भएको थियो । गाउँको सहकारीको विषयमा विगतदेखि नै विवाद भएको र युवाहरुको यस कुरामा चित्त नबुझेपछि घटना भएको प्रहरीले प्रारम्भीक अनुसन्धानबाट जानकारी दिएको छ । विवाद भएपछि खुँडा प्रहार भएको थियो । 

खुडा प्रहारबाट घाइते हुनेहरुमा २५ वर्षीय नविन श्रेष्ठ, ४६ वर्षीया पार्वती भट्ट, ४८ वर्षीय नारायण भट्ट, ५२ वर्षीय बलराम श्रेष्ठ, ६२ वर्षीय टंकनाथ अधिकारी र ३२ वर्षीय भिमबहादुर भट्ट छन् । 

घाइतेहरुमध्ये नविन, नारायण र पार्वतीको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं स्थित ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । 

- फाइल तश्विर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट