२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सल्यानका शिक्षक तास लिएर किन जान्छन् स्कुल, यस्तो छ कारण

२०७४, २९ कार्तिक बुधबार ११:३४

शंकर के.सी/कात्तिक २९, सल्यान । शिक्षकहरु तास लगेर स्कुल जान्छन् भन्दा तपाइलाइ अचम्म लाग्न सक्छ । तर अचम्म मान्नु पर्दैन । सल्यान जिल्लामा शिक्षकहरु तास लगेर स्कुल जान्छन् अनी विद्यार्थी संगै खेल्छन् पनि । जिल्लाको दार्मा गाउँपालिका र कुमाखमालिका गाउँपालिकाका विद्यालयमा शिक्षकहरु तासका पत्ता बोकेर स्कुल जाने गरेका हुन् । यद्यपि उनीहरुले तासलाइ शैक्षिक सामग्रीको रुपमा प्रयोग गर्ने गरेका छन् ।

बजारमा पाइने सामग्री महँगो हुने भएकोले स्थानीय रुपमा पाइने स्रोत सामग्रीलाई प्रयोगमा ल्याई शैक्षिक सुधार गर्न सकिने कुरा तालिमा सिकेकी दार्मा गाउँपालिका ४ रातामाटा स्थीत नव सर्वसाधारण आधारभूत विद्यालयकी शिक्षिका मोहन कुमारि चन्द शाहि कक्षाकोठामा तास देखाउँदै ससाना बालवालिकालाइ सिकाउँदैथिइन् । उनले भनिन्– ‘तासको प्रत्येक पत्तीको भित्री भागमा सेतो पेपरले ढाकेर त्यसमा अक्षरहरु लेखेर शैक्षिक सामग्रीको रुपमा प्रयोग गरेकि छु । यसले बालबालिकाले रमाइलो संग अक्षर चिन्न सक्ने भएका छन् ।’


शिक्षकले पाठयोजना नै निर्माण नगरी खाली कक्षा कोठामा गई पाठ भट्याउँदा विद्यार्थीको सिकाइ उपलब्व्धि गुमेको भन्दै दलित विकास समाजको एकिकृत परियोजना अन्तर्गत शिक्षा कार्यक्रमले नयाँ विधि प्रयोग गरी विद्यार्थीको सिक्न पाउने अधिकार सुनिश्चित गर्न तालिम दिएपछि शाहिले स्थानीय स्तरमै शैक्षिक सामग्री निर्माण गरेर पढाउन थालेकी हुन् ।   

स्थानीयरुपमा भएका शैक्षिक सामग्री प्रयोग गरी शिक्षण गर्दा विद्यार्थीको सिकाइ पनि दिगो हुने शिक्षकहरुले बताउने गरेका छन् । सोहि विद्यालयका प्रधानाध्यापक रमेश कुमार रोकायले शिक्षण गर्ने कला र आवश्यक विधिको अभावमा शैक्षिक अवस्था कमजोर बन्दै गएको भन्दै विद्यार्थीलाई विद्यालयमा उपस्थित गराउन र आवश्यक ज्ञान आर्जन गराउ शैक्षिक सामग्रीको प्रयोगको विधि शिक्षकले जान्नै पर्ने बताए ।

यस्तै कुमाखमालिका गाउँपालिका वडा नम्बर ७ मा रहेको महेन्द्र माविका प्रावि शिक्षक हेमराज केसीले पनि गाउँमै पाइने सामग्रीहरुलाइ शैक्षिक सामग्रीको रुपमा प्रयोग गरेर पढाउने गरेका छन् । ‘मैले पनि तासलाइ शैक्षिक सामग्रीको रुपमा प्रयोग गर्नेगर्छु,’ उनले भने– ‘तोरिको बारेमा विद्यार्थीलाइ पढाउनु छ भने बारिबाट तोरिको बोट लिएरै कक्षामा जान्छु, शैक्षिक सामग्री बनाउने विधि तथा महत्वको बारेमा सेभ द चिल्डे«नको सहयोगमा दलित विकास समाज सल्यानले हामीलाइ सिकाएको हो ।’  


सिप नभएका कारण शैक्षिक सामग्रीहरुको अभाव देखाउने शिक्षकहरुले हिजोआज आफैले समग्री निर्माण गर्ने सिप सिकेका छन् । बाल मैत्री शिक्षण सिकाइका लागि शैक्षिक सामग्रीको अभाव हुन नदिने प्रतिवद्धता शिक्षक केसीले जनाए ।

एकिकृत परियोजना अन्तर्गत शिक्षा कार्यक्रमका संयोजक पुरुषेत्तम गिरीले शैक्षिक सामग्रीको माध्ययमबाट भएको पढाई बालबालिकाले चाँडै बुझ्ने र शैक्षिक सामग्री स्थानीयस्तरमै बनाउन सकिने बताउँछन् । भविष्यका कर्णधार बालबालिकालाई सहजै पढाउनको लागि शैक्षिक सामग्री अपरिहार्य भैसकेको भन्दै जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्टले यसका लागि विद्यालय, शिक्षक, विव्यस र अभिभावक जागरुक हुनुपर्ने बताए ।

जिल्लामा अझै पनि कतिपय अभिभावकका छोराछोरी सानो उमेरमा विद्यालय जान आनाकानी गर्छन् । उनीहरूलाई स्कुलसम्म पुर्‍याउन र त्यहाँ टिकाइराख्न अभिभावकले ठूलै संघर्ष गर्नुपर्छ । तर विद्यालयमा बालमैत्री वातावरण र शैक्षिक सामग्री निर्माणमा दलित विकास समाजले सहयोग गरेपछि दार्मा र कुमाखमालिका गाउँपालिकाका धेरै जसो विद्यालयमा बालकालिकाहरु खुसि हुँदै पढ्न जाने गरेका छन् ।

उनीहरू बिहान उठेदेखि नै स्कुल जाने हतारमा देखिन्छन् । र धेरैजसो समय स्कुलमै बिताउन रुचाउँछन् ।  सेभ द चिल्ड्रेनकी सल्यान जिल्ला संयोजक विमला सुवेदीले बालबालिकालाइ स्कुलमा झिकाउन, टिकाउन, सिकाउन र विकाउन बालमैत्री बसाइ र शैक्षिक सामग्रीको प्रयोग हुन जरुरी रहेको बताउँछिन् ।

 

आफै निर्माण गरेको शैक्षिक सामग्री प्रयोग गरेर पढाउदै नव सर्वसाधारण आधारभूत विद्यालयकी शिक्षिका मोहन कुमारि चन्द शाहि ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो