१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङबाट डिटोनेटरसहित एक जना पक्राउ

६ मंसिर २०७४, बुधबार ०८:३२

मङ्सिर ६, धादिङ । नेपाल प्रहरीले नेकपा (विप्लव)का एक कार्यकर्तालाई आज बिहान सकेट बम बनाउन लागेको अवस्थामा डिटोनेटरसहित पक्राउ गरेको छ । 

थाक्रे गाउँपालिकाको धार्केमा वाम गठबन्धनले आयोजना गर्ने चुनावीसभा बिथोल्ने उद्देश्यले सकेट बम बनाउन लागिरहेका भन्ने सुराकीका आधारमा उनलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका धादिङका प्रहरी नायब उपरीक्षक राबहादुर केसीले जानकारी दिनुभयो । 

वाम गठबन्धनको संयुक्त सभा क्षेत्र नजिकैबाट विप्लवका कार्यकर्ता थाक्रे गाउँपालिका–७ निवासी ३७ वर्षीय कृष्ण खतिवडालाई गिरफ्तार गरिएको हो । बम विस्फोट गराउन योजना गरिएको जुंगेखोलामा वाम गठबन्धनका तर्फबाट राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्मरकट्टेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

उम्मेदवार र चुनावीसभालाई विशेष सुरक्षा योजनाअन्तर्गत सुरक्षाकर्मी परिचालन गरी सुरक्षा दिने प्रवन्ध मिलाइएको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो । 

धादिङ जिल्लामा यसअघि विप्लवका पाँच कार्यकर्तालाई चुनावी सुरक्षाअन्तर्गत पक्राउ गरी प्रहरी हिरासतमा लिइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता