१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

पत्रकार महासंघको सक्रियतामा ३०औँ बिश्व एडस दिवस मनाइयो

१५ मंसिर २०७४, शुक्रबार १२:१८

टेक शाही/मङ्सिर १५, डोल्पा  । डोल्पा जिल्लामा पनि ३० औँ बिश्व एडस दिवस मनाइएको छ । नेपाल पत्रकार महाँसघ जिल्ला साखा डोल्पाको सक्रियतामा बिश्व एडस दिवसा मनाइएको  नेपाल पत्रकार महाँसघ डोल्पाका अध्यक्ष बबिकिशोर गूरुङ्गले जानकारि दिए । 


सदरमुकाम दुनैमा रहेको बिरेन्द्र चोकमा एचआइभि एडस सम्बन्धी जनचेतना मूलक सनदेश लेखिएका पम्पलेट सहित ब्यान राखेर कण्डम बितरण गरि दिवस मनाइएको छ । “मेरो स्वास्थ्य मेरो अधिकार” भन्ने मुल नाराका साथ दुनैमा बिश्व एडस दिवस मनाइएको जिल्ला एडस समन्वय समितिले जानकारि दिएको छ ।

दिवसको अबसरमा सार्वजानिक ठाँउमा बाटोमा हिड्ने बटुवाहरुलाइ डाल (कण्डम) बितरण गरेरको किर्डाक नेपालका जिल्ला सँयोजक सुरेन्द्र ढकालले जानकारि दिए । उनका अनुसार निशुल्क कण्डम बितरण गरेर यौन रोगबाट हुने खतराबाट जोगिने बारे सन्देश दिनु र लाज मान्ने कुराको अन्तय गर्नु रहेको बताए । 


बिश्व एडस दिवसको अबसरमा ५ सय ६८ भन्दा धेरे ढाल(कण्डम) बितरण गरिएको र हरेकलाइ कण्डम दिदा यौन स्वास्थ्यका बिषयमा जानकारि दिएको नेपाल रेडक्रस सोसाइटि जिल्ला साखाका सँयोजक टेकम ओलीले जानकारि दिए । उनले भने हरेक महिला तथा पूरुषहरुलाइ यौन शिक्षा दिने र कण्डमको महत्वको बिषयमा जानकारि गराउने दिवसको मुख्य पाटो रहेको बताए । 

डोल्पा जिल्लामा एचआइभि एड्स भएका ब्यक्तिहरु भने नभएको जिल्ला स्वास्थय कार्यालय डोल्पाले जानकारि दिएको छ । पछिल्लो समय एचआइभिको परिक्षण नेपाल रेडक्रस सोसाइटिले गरेको र परिक्षण गरेको स्थानबाट कुनै पनि एचआइभि भएका ब्यक्तिको पहिचान नभएको कारण डोल्पामा एचआइभि नभएको तथ्याङ्ग रहेको पाइएको छ । 


ढाल(कण्डम) भन्ने बित्तिकै गलत र लाज तथा सरमको कुरा मानिने समाजमा ढालको महत्वको बिषमा जानकारि भने गराउन कुनै पनि निकायले नसकेको पाइएको छ । गाउका महिला स्वास्थ्य स्वयम सेविका र स्वासथ्य कर्मि बाहेक अरु साधारण ब्यक्तिले ढालको बिषयमा बोल्न समेत चाहदैनन । किनकी समाजामा कण्डम भन्ने बित्तिकै लाज तथा सरम भन्ने बुझिन्छ । 

जस्ले जसरि बुझे पनि कढाल(कण्डम)को सहि प्रयोगबाट हरेक ब्यक्तिको जिवन सुरक्षा हुने भएको हुदा यौन सम्पर्कको बेलामा ढाल(कण्डम) अनिबार्य प्रयोग गर्न चिकित्सकले सल्लाह् दिएका छन । कुनै ब्यक्तिले यौन सन्तुष्टिका लागि कण्डमको प्रयोग गर्न भुलेमा सिँगो जिवन कुमाउनु पर्ने भएकाले पनि ढाल(कण्डम) यौन सम्पर्कका लागि मह्त्वपूर्ण साधान रहेको डक्टरहरु बताउछन । 


जनचेतनाको कमिले पनि थोरै सँख्यमा यौन सम्पर्कको बेलामा ढाल(कण्डम)को  प्रयोग गर्ने तथ्याङ्क रहेको छ । ढाल(कण्डम( प्रयोग गर्दा यौन सन्तुष्टिमा कमि भएको महसुस हुने भएकाले पनि यौन सन्तुष्टिका लागि कण्डम प्रयोग नगर्ने धेरेको भनाइ रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण