२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

हिमालमा जाडो बढेपछि बेँसीतिर

२०७४, १९ मंसिर मंगलवार १५:०३

मंसिर १९, कालिकोट । कर्णालीका उच्च हिमाली भेगका मानिसहरु हुम्ला, जुम्ला र मुगुका स्थानीय चिसो छल्न बेँसीतिर झर्न थालेका छन् । 

प्रतिनिधिसभा र प्रदेशसभाको मतदान गरेर उनीहरु चिसो छल्न बेसीँतिर झरेका हुन् । कर्णालीका उच्च हिमाली भेकमा हिउँ पर्ने जाडो हुने हुँदा त्यहाँका स्थानीयहरु जाडो छल्न आफ्ना वस्तु भाउसहित औलतिर झरेका छन् ।

बसाइँसराइका क्रममा जुम्ला, हुम्ला र मुगुका हिमाली बस्तीका मानिसहरु भेडा, च्यांग्रा, खच्चड र गाईगोरु लिएर कालिकोट हुँदै दक्षिणी अछाम र दैलेखमा जाने हुम्लाका तातोपानी गाउँपालिकाका कम्बर रोकायाले बताए । ‘हिमालमा हिउँ पर्छ, जाडो हुन्छ, भेडा र वस्तुभाउ चराउन ग्राहो हुन्छ’ उनले भने, ‘त्यसैले सधँैका वर्षझैँ जाडो छल्न हामी औलमा झर्ने गरेका छौं ।’


हिमाली बस्तीका जनजातीहरु र अन्य समुदाय वर्षको चार महिना उत्तरी भेगमा पर्ने चीनतिर जाने गर्दछन् भने चिसो लागेपछि बेँसी झर्ने गर्ने गरेको मुगु खत्याड गाउँपालिका नरबहादुर कार्कीले बताए । ‘वर्षायाममा भेडा च्यांग्रासहित उत्तरी चीनमा जाने गरेका छौं’ उनले भने, ‘अहिले भने चिसो छल्न दक्षिणको अछाम र दैलेखमा जान लागेका छौं ।’

त्यस्तै, हुम्लाका, मैला, मदेना, डाडाफया, श्रीनगरका बासिन्दा पनि जाडो छल्न भेडा, च्याग्रा, घोडा, खच्चड गाई, गोरु ल्याएर बेँसीतिर झरेका हुम्लाका नरबहादुर शाहीले बताए । ‘हुम्लाका धेरै मानिसहरु जाडो छल्न औलमा झरेका छन्’ उनले भने, ‘औलमा झरेपछि व्यापार पनि हुने जाडो पनि छलिने गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश