गणेश सिर्पाली/वैशाख–८, रुकुम गाविस हक हित संरक्षण केन्द्र रुकुमको अध्यक्षतमा गणेश कुमार शर्मा निर्वाचित हुनुभएको छ । आज भएको जिल्लामा कार्यरत गाविस सचिवहरुको भेलाबाट सर्वसहमतिमा शर्मालाई अध्यक्षमा निर्वाचित गरिएको हो ।
केन्द्रको उपाध्यक्षमा नारायणी खड्का केसी, सचिव गोविन्द बुढाथोकी र कोषाध्यक्षमा लोक वहादुर खत्री चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा खिम प्रकाश शाह, हरि वहादुर शाही, धनविर केसी, गोपाल ओली, लोक वहादुर घर्ती, जसीराम खड्का, निलध्वज पाण्डे रहनुभएको छ ।
भेलामा पुर्व केन्द्रीय सदस्य गोकर्ण बहादुर पुन र गाविस हकहित संरक्षण केन्द्रका पुर्व अध्यक्ष रुद्र वहादुर देवकोटाको आतिथ्यता रहेको थियो ।