३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

भुकुम्प स्मृति दिवस मनाउने तयारी

९ बैशाख २०७३, बिहीबार २०:०७

गणेश सिर्पाली । वैशाख–१०, रुकुम । यहि वैशाख १२ गते रुकुममा भुकुम्प स्मृति दिवस मनाइने भएको छ । देशमा महाभुकुम्प गएको दिन वैशाख १२ गते देशभर भुकुम्प स्मृति दिवस मनाउने केन्द्रीय विपद् व्यवस्थापन समितिको निर्णय अनुसार रुकुम जिल्लामा पनि विभिन्न कार्यक्रम गरी भुकुम्प स्मृति दिवस मनाइने भएको हो ।

मुसिकोट खलंगामा वसेको जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले महाभुकुम्पमा ज्यान गुमाएकाको शोकमा विगुल वजाउंदै वजार परिक्रमा गर्ने, एक मिनेट मौन धारण गर्ने र विभिन्न जनचेतना मुलक कार्यक्रम गर्ने निर्णय गरेको छ । १२ गते विहान ठिक ११ वजेदेखी कालिका स्थानबाट विगुल वजाउन शुरु गर्ने र व्राहटाकुरा स्थित सेमी कवर्ड हलमा ११ वजेर ५६ मिनेट जाँदा एक मिनेट मौन धारण गर्ने कार्यक्रम तय गरिएको छ ।

ज्यान गुमाएका प्रति श्रद्धान्जली व्यक्त गर्दै आगामी दिनमा यस्तो विपद् भोग्न नपरोस भनि प्राथाना गर्ने दिन भएकाले १२ गते विहान ११ वजेर ५६ मिनेट जाँदा गुडीरहेको गाडी रोक्न, विद्यालयमा पठन पाठन रोक्न, होटेल तथा पसल वन्द गर्न र रेडियोहरुले शोक धुन वजाउन वैठकले अनुरोध समेत गरेको छ । यसैविच जिल्लाको विपद् प्रतिकार्य योजनालाई संसोधन गर्न माहतदका कलष्टरहरुलाई सक्रिय वनाइने भएको छ । वैठकले विभिन्न आठ ओटा कलष्टरहरुलाई यहि वैशाख २० गतेभित्र प्रतिकार्य योजनाको संसोधनका लागी सुझाव वुझाउन निर्देशन दिएको छ ।

आ–आफ्नो कलष्टरको वैठक वोलाई जिल्ला विपद् व्यवस्थापन समितिमा पेश गर्ने सुझावका आधारमा विपद् प्रतिकार्य योजनाको संशोधन सहित अन्तिम रुप दिइने छ । यसअघि जिल्ला दैवी प्रकोप उद्धार समितिको नामले चिनिएको समिति आजैदेखी जिल्ला विपद् व्यवस्थापन समितिमा परिणत भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वंशिराज आचार्यको अध्यक्षतामा वसेको वैठकमा स्थानीय विकास अधिकारी भरत कुमार शर्मा, प्रहरी नायव उपरिक्षक रुपेश खड्का लगायत जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजिकरण जिल्ला विकास समितिका कार्यक्रम अधिकृत चिन्तामणी दहाल र नेपाल रेडक्रस सोसाइटी रुकुमका कार्यक्रम संयोजक नविनतम रोकाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’