गणेश सिर्पाली । वैशाख–१०, रुकुम । तत्कालिन द्धन्दको समयमा राज्यद्धारा हत्या गरिएका नेकपा एमाले पेउघाका नेता खिमलाल खड्काको १४औं स्मृति दिवस आज सदरमुकाम मुसिकोट स्थित मदनआश्रित स्मृति भवनमा सम्पन्न भएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर केसीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेकपा एमाले रुकुमका पुर्व अध्यक्ष ठगेन्द्रप्रकाश पुरी, पुर्व उपाध्यक्ष देवी ओली, शहिद खिमलाल खड्काका छोरा एवं एमाले जिल्ला सचिवालय सदस्य धनराज खड्का, छोरा खिमलाल खडका, शेरमान खड्का लगाएतको उपस्थिति रहेको थियो । जिल्ला अध्यक्ष बिमलकुमार पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव हरिप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य केसीले शहिदको सपना साकार पार्न पार्टीपंक्ती एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
यसैविच नेकपा एमाले घेत्मा गाँउ कमिटी अन्र्तगत वडा नं ८ बाँके ज्युलाको वडा भेला सम्पन्न भएको छ । घेत्मा गाँउ कमिटीको संगठन बिस्तार कार्यक्रम अन्र्तगत भएको भेलाबाट खिमा पुनको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
जसको उपाध्यक्षमा कृष्णा पुन, सचिव सिता केसी (ए) र उप सचिवमा सिता केसी (बी) रहेको जनाईएको छ । घेत्मा गाँउ कमिटी अध्यक्ष मनबहादुर खत्रीको प्रमुख आथित्यतामा भएको भेलामा गाँउ कमिटी उपसचिव बिनोद पुन र सदस्य कुमारी मल्लको आथित्यता रहेको थियो ।