२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुमको ४ सय ८ हेक्टर वनमा आगलागी

१० बैशाख २०७३, शुक्रबार ०२:५६

गणेश सिर्पाली, वैशाख–१०, रुकुम । लामो समय सम्मको खडेरीका कारण रुकुमका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वनमा आगलागीका घटना बढेका छन ।

जिल्ला वन कार्यालयले दिएको जानकारी अनुशार यो वर्षको अहिले सम्म १० ओटा सामुदायिक तथा राष्ट्रिय वन गरी ४ सय ८ हेक्टर क्षेत्रफलमा डडेलो लागेको छ । यो क्षेत्रफल जिल्लाको कुल बन क्षेत्रको शुन्य दशमलव २३ प्रतिशत हो । जिल्लाको १ लाख, ७१ हजार, १ सय, ९४ हेक्टर जमिन बन क्षेत्रले ओगटेको छ । जिल्लाका विभिन्न इलाकामा पर्ने वन क्षेत्रमा आगलागी हुँदा विभिन्न बहुमुल्य जडबुटी, बन्यजन्तु तथा बोट विरुवा जलेर नष्ट भएका छन् ।

आगलागी हुँदा वर्षेनी वन क्षेत्रमा कमीसमेत आईरहेको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्लाको सन्दर्भमा स्थानियले घर वरीपरीको खरवारीमा आगो लगाउँदा अनियन्त्रित भई वनमा लाग्ने ठुलो समस्या रहेको कार्यालयको भनाई छ । त्यस्तै लामो समयदेखी खडेरी परेका कारण बनमा रहेका ढुंगा खस्दा ठोक्किएर आगो लाग्ने र वनमा हिड्ने व्यक्तिले चुरोटका ठुटा जथाभावी फाल्दा पनि आगो लाग्ने समस्या रहेको छ ।

आगलागीका घटनालाई कम गर्न सचेत रहन जिल्ला वन कार्यालयले सबैमा आग्रह गरेको छ । सानो सजगताले पनि आगलागीका घटना कम गर्न सकिने भन्दै वनमा आगो नलैजान, घर वरीपरि आगो लगाउँदा विशेष ध्यान दिन, चुरोटका ठुटा जथाभावी नफाल्न कार्यालयको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल