१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

घर सुधार गराएर अनुदान दिन धादिङका हात्तीपाइले पीडितको माग

६ पुष २०७४, बिहीबार ०३:२५

पुस ५, धादिङ । हात्तीपाइले लागेर समस्यामा परेका गाउँवासीले गाउँमा प्राविधिक नआएकाले आफूहरुले सरकारले तोकेको १७ मोडेलको घर सुधार गरेर भएपनि अनुदान दिन माग गरेका छन् । 

इन्सेक र गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँवासीले भूकम्प प्रभावितका बनेका घरको सबै घरको रकम दिन माग गरेका हुन् । 

त्रिपुरासुन्दरी गाउँपालिका–१ स्थित गाउँबस्ती अधिकांश कुमाल र दराइको बस्ती रहेका छन् । हात्तीपाइले प्रभावित गाउँ भएकाले उनीहरुले प्रविधिको अभावमा निर्माण गरेका घरको पनि सरकारले दिने अनुदान रकम उपलब्ध गराउन गाउँवासीले माग गरेका छन् । 

जिल्लामै सबैभन्दा कम दोस्रो किस्ता पाउने गाउँका रुपमा रहेको यस वडाका ८८४ लाभग्राही रहेका थिए । ८५४ जनाले पहिलो किस्ता रकम पाएकोमा ३४ जनाले मात्र दोस्रो किस्ताको रकम पाएको त्रिपुरासुन्दरी गाउँपालिकामा कार्यरत पुनःनिर्माण प्राधिकरणका प्राविधिक इञ्जिनियर सुनिलकुमार श्रेष्ठले बताउनुभएको छ । 

गाउँवासीले निर्माण गरेका घर प्राविधिक रुपले नहुने भए सच्याउन र मिलाउन गाउँवासी तयार रहेको तर सबै घरलाई अनुदान दिन माग गर्दै आवश्यक प्रक्रिया पु¥याउन गाउँपालिकालाई समेत आग्रह गरेका थिए । 

वडाध्यक्ष भोजबहादुर रिजाल र कृष्णबहादुर खत्रीले गाउँपालिका र वडाले प्राविधिकलाई परेको समस्या समाधान गर्न र नीतिसमेत बनाएर लागू गर्न तयार रहेको तर नागरिकले बनाएका सबै घरलाई अनुदान दिने गरी सिफारिश गर्न र प्राविधिकरुपमा नबनेका घरलाई सुधार गर्नसमेत तयार रहेको बताउनुभएको थियो । 

गरिब गाउँवासी भएकाले गाउँपालिकाले सबै किसिमले सहयोग गर्ने बताउँदै गाउँपालिका अध्यक्ष शम्भु थापाले गाउँपालिकाले नियमानुसार निर्णयसमेत गरेर नीतिगत रुपमा समेत जनताको पक्षमा काम गर्ने बताउनुभयो । 

भूकम्प प्रभावित गाउँमा ५० को संख्यामा हात्तीपाइले भएकाको समस्या रहेको र उनीहरुले समेत घर बनाउन नसकेको अवस्थामा समस्यामाथि समस्या आएको दलबहादुर दरइले बताउनुभयो । 

दुवैखुट्टामा हात्तीपाइले भएर काम गर्नसमेत नसक्ने भएका लालबहादुर दरइ र सेती दरइले आफ्नो घर बनाउन प्राविधिकले कहिल्यै सल्लाह नदिएको तथा सडक क्षेत्रमा मात्र गएकाले आफ्नो गाउँमा प्राविधिक आउनुपर्नेमा जोड दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ