२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङका गाउँमा सिरक बनाउँदै पैसा कमाउँदै भारतीय मजदुर

२०७४, १२ पुष बुधबार ०४:२८

पुस १२, मोरङ । एकातिर मोरङका युवा वैदेशिक रोजगारीमा पसिना बगाइरहेका छन् भने अर्कोतिर यहाँका गाउँ गाउँमा भारतीय मजदुर सिरक, डसना बनाएर यहीँ पैसा कमाइ रहेका छन् । 

यसअघि घरेलु सामग्री (धुनिया) बाट रुवा फिट्दै आएका मजदुर अचेल सुती कपडालाई रुवा बनाउने मेसिन ट्र्याक्टरमा सँगै लिएर हिँड्न थालेका छन् । 

मोरङका प्रत्येक गाउँमा सडक किनारामा बसेर उनीहरू टोली बनाई दैनिक रु १५ हजारभन्दा बढी कमाउने गरेका छन् । मोरङको कानेपोखरी–७ मा भेटिएका फिरोज आलम एक महिनायता घुम्तीरुपमा सिरक डसना बनाउँदै हिँड्नु भएको छ । 

भारतको मोतिहारी स्थायी घर बताउने आलमको टिममा थप सातजना कामदार छन् । ट्र्याक्टरमा सुतीका थोत्रा कपडा मिक्सिङ गरेर (फिटेर) रुवा बनाउने मेसिन लिएर हिँडेको उनीहरूको टिमले दैनिक रु १५ हजारभन्दा बढी कमाइ गर्दै आएको छ । 

अझ रोचक कुरा त उनीहरूले भारतबाटै सिरक, डसना र सिरानीका पल्ला र खोलसमेत लिएर आउने गरेका छन् । सियो, धागो नेपालमा उत्पादन हुँदैन, त्यसैले सियो धागो पनि उतैबाट ल्याउने गरेको फिरोजले बताउनुभयो । 

सुतीका साडी, सिरकका खोल, सुतीका सबैखाले पुराना कपडा मिसिनमा हालेपछि रुवा भएर निस्कन्छ । त्यसैबाट डसना र सिरानी बनाउनेको लर्को लागेको स्थानीय मीरा खड्काले बताउनुभयो । 

जिउँदा मानिसको कपडा डढाउनु वा फाल्नु हुन्न भन्ने पूर्वीय मान्यताले गर्दा प्रत्येक घरमा बीसौँ वर्ष पुराना कपडा त्यतिकै थन्किएका थिए । गाउँमा डसना बनाउने मेसिन आएपछि प्रत्येक घरले पालो कुरेर डसना, सिरक बनाएको खड्काको भनाइ छ । 

दैनिक रु १५ हजार कपडा फिटेको र डसना सिलाएबापत प्राप्त रकम थोरै हुने बताए पनि सिरक डसनाको पल्ला र खोल बेच्दा थप रु पाँच हजार आम्दानी हुने फिरोजको भनाइ छ । ट्र्याक्टर भाडा र इन्धन खर्चमा रु चार हजार खर्च हुन्छ । कपडा फिटेको प्रतिकेजी रु २५ र सिलाएको १० केजीसम्मको सिरक डसनाको रु ५०० ज्याला लिने गरेको उहाँले बताउनुभयो । 

सिरक बनाउने भारतीय कामदार मोरङको सुन्दरहरँैचा–१, बेलबारी, उर्लाबारी, पथरी, बयरवन, इटहरालगायतका बजारमा स्थायीरुपमा बसेका छन् । 

उनीहरू मौसमअनुसार आफ्नो सीप प्रयोग गरेर नेपालबाट पैसा कमाएर लाने गर्छन् । मोबाइल रुपमा ट्र्याक्टर पछाडि रुवा फिट्ने मेसिन लिएर हिँड्नेको संख्या पनि १४ रहेको फिरोजको भनाइ छ । 

उहाँले भन्नुभयो, “नेपालीहरू ‘थर्ड क्लास’ काम भनेर गर्दैनन् ।” उहाँले आफ्नो बाजेले पनि धुनियाँ बोकेर ताप्लेजुङसम्म पुगेर सिरक छापेको बताउनुभयो । “मात्र प्रविधि फेरिएको हो, काम उही हो, हाम्रो परम्परागत पेशा नै यही हो,” उहाँले बताउनुभयो । 

सिरक डसना छाप्नेमात्र होइन, मौसमअनुसारका घरायसी सामग्री साइकलमा बोकेर गाउँगाउँ घुम्ने भारतीयको संख्या दुई हजार ५०० भन्दा बढी रहेको भारतको पूर्णियाबाट व्यापार गर्न आउनु भएका साकिर हुसैनको भनाइ छ । 

एउटा साइकलमा झण्डै ५० प्रकारका घरायसी भान्साका सामानदेखि लुगाफाटोसम्म बोकेर गाउँगाउँ हिँड्ने उनीहरू दैनिक रु ८०० सम्म कमाइ हुने बताउँछन् । 

उनीहरु भन्छन्– इटहरीमा डेरा छ । 

बिहान सबेरै उठेर आफ्नो साइकल र सामान भण्डारण गरेको चोकमा पुग्छौँ र व्यापारका लागि हिँड्छौँ । एउटा टिममा दुईदेखि आठजनासम्म हिँड्ने उनीहरूको खाना नास्ताको टुंगो हुँदैन । जहाँ जतिबेला जे भेटियो, त्यही खान्छौँ, पश्चिम बंगाल घर भएका मानुष वर्माले भन्नुभयो । गोपालप्रसाद पोखरेल/रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते