१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आश मारेको मोटरसाइकल पाउँदा मख्ख छन् सवारी धनी

१२ पुष २०७४, बुधबार ०९:५६

पुस १२, काठमाडौँ । दशैँमा रु दुई लाख ९० हजारमा किनेको २२० सिसीको पल्सर मोटरसाइकल हराएर खिन्न हुनुभएका प्रदीपकुमार चौधरी आज मोटरसाइकल भेटाउँदा प्रसन्न मुद्रामा हुनुहुन्थ्यो । 


यही पुस १ गते नयाँसडकमा पार्किङ गरेर काममा जानुभएका चौधरीको बा८५प १८२२ नंको मोटरसाइकल बाहिर आउँदा हराएपछि खोजविनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखामा निवेदन दिनुभयो । 

जनकपुर घर भई हाल कोटेश्वर बस्दै आउनुभएका २२ वर्षीय चौधरी निवेदन दिएको ११औँ दिनमा आफ्नो मोटरसाइकल पाएपछि निकै हर्षित देखिनुहुन्थ्यो । “हराएको यति छिटो मोटरसाइकल पाइन्छ भन्ने मलाई विश्वासै लागेको थिएन, यति चाँडो ट्राफिकले मोटरसाइकल खोजिदियो, म आज जीवनभरकै खुशी क्षणमा छु”, उहाँले भन्नुभयो । 

यस्तै थानकोट घर भएका सुदर्शन बिँडारी पनि निकै हर्षित देखिनुहुन्थ्यो । कालीमाटी तरकारी बजारमा तरकारी व्यवसाय गर्दै आउनुभएका उहाँको तरकारी बजारमा पार्किङ गरेकै बखत यही भदौ २५ गते हराएको थियो । 

“मैले मोटरसाइकल हराएपछि महाशाखामा निवेदन त दिएँ तर मलाई मोटरसाइकल पाइन्छ जस्तो लागेको थिएन, आज पाउँदा निकै खुशी छु”, उहाँले भन्नुभयो । 

बिँडारीको मोटरसाइकल बा२९प ६८५४ नंको हो । उहाँले आफ्नो मोटरसाइकल पुरानो भएकाले पाईदैन होला भनेर नै नयाँ मोटरसाइकल किनेको बताउनुभयो । 

यसैगरी गुर्जुधाराकी गीता महर्जनको पनि यही असोज १८ गते साथीलाई बसपार्क छोड्न जाँदा नयाँ बसपार्कबाट बा५६प १६७ नंको स्कुटर हराएको थियो । 

“हराएको मोटरसाइकलको पार्टपूर्जा फेरेर बिक्री वितरण गर्छन् भन्ने सुनेको थिएँ, तर आज मैले मेरो स्कुटर सकुशल पाएँ, हिजो महाशाखाबाट फोन गरेर स्कुटर लिन आउनुहोस् भन्दा पनि पत्यार लागेको थिएन, आज आएपछि मात्र पत्यार लाग्यो”, महर्जनले भन्नुभयो । 

यस्तै भीमसेनगोलाका सुमनकृष्ण भण्डारीले पनि आज हराएको मोटरसाइकल पाउनुभयो । गत असार १५ गते हराएको मोटरसाइकल आज पाउँदा निकै उहाँको खुशी देखिनुहुन्थ्यो । 

सधैँ घरबाहिर पार्किङ गर्दा गत असार १५ गते चोरी भएको उहाँले बताउनुभयो । यी त केबल प्रतिनिधि पात्रमात्र हुन्, हिजोआज राजधानीबाट दिनहुँ थुप्रै मोटरसाइकल हराउने गरेका छन् । मोटरसाइकल हलुङ्गो हुने र चोरी गर्न सजिलो हुने भएकाले धेरै चोरी हुने गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फेला पारेका ३० मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको छ । 

महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनाल भन्नुभयो, “रातको समयमा अस्पताल, विमानस्थललगायतका व्यस्त ठाउँमा पार्किङ गरेर मानिसहरु आफ्नो काममा व्यस्त हुने हुँदा धेरै हराउने गरेका छन् ।” पार्किङ गर्दा आफ्नो सवारी साधनको सुरक्षा आफैँले ध्यान पु¥याउन सबैलाई आग्रह उहाँले गर्नुभयो । 

महाशाखाले आर्थिक वर्ष २०७२/७३ मा १६१, २०७३/७४ मा २१८ र २०७४/७५ को हालसम्ममा ९६ मोटरसाइकललाई फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको छ । 

फेला पारेका मोटरसाइकलमध्ये अधिकांश मोटरसाइकल काठमाडौँ उपत्यकामा फेला पारिएको र केही मोटरसाइकल उपत्यका बाहिरबाट काठमाडौँ ल्याइएको महाशाखाले जनाएको छ । अच्युत रेग्मी/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित