१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

घर बनाउन अनुरोध गर्दै सचिवालय प्रमुख गाउँमा

१९ पुष २०७४, बुधबार ०२:३९

पुस १९, चरिकोट । लामो यात्रापछि दोलखाको दक्षिणी दुर्गमका गाउँमा जस्ताको टहरोमा कष्टकर जीवनयापन गरिरहेका स्थानीयलाई गाउँमा पुगेर पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख सागर आचार्यले जनतालाई छिटोछिटो स्थायी आवास (घर) निर्माण गर्न अनुरोध गर्नुभएको छ । 

दोलखाका विभिन्न गाउँमा पुगेर आचार्यले हालै जनतासँग भलाकुसारी गर्दै सरकारले तोकेको मापदण्डभित्र रहेर भूकम्प प्रतिरोधी घर निर्माण गर्न स्थानीयवासीलाई सुझाव दिनुभएको हो । 

सचिवालयका प्रमुख आचार्यले जनता जुझारु भएर जुटेर मात्रै भूकम्पपछिको पुनःनिर्माण सम्भव हुने बताउँदै घर निर्माण गर्न सरकारले दिएको अनुदान रकम दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो । 

पुनःनिर्माणको काम सुस्तगतिमा अगाडि बढिरहेको भनी प्राधिकरणको आलोचना भइरहेका बेला प्रमुख आचार्यले भने स्थानीयलाई झकझक्याउन गाउँगाउँमा पुग्नुभएको छ । 

दोलखाको साविक गाविस बोच, लाकुरीडाँडा, मागापौवा, काटाकुटी, फस्कु, शैलुङ्गेश्वरलगायतमा जस्ताको कटेरामा बसेका स्थानीयलाई भेटेर सरकारले दिएको पहिलो किस्ता रकम रु ५० हजार दुरुपयोग नगर्न र सरकारलाई पुनःनिर्माणमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । 

उहाँको भनाइ सुन्दै स्थानीयले इञ्जिनियर गाउँमा नबसेका कारण घर निर्माणमा ढिलाइ भएको बताएका थिए । आचार्यसँग दोलखाको काटाकुटीका शेरबहादुर श्रेष्ठले आफ्नो परिवार जस्ताको कटेरोमा बस्नु रहर नभई बाध्यता रहेको बताएका थिए । 

श्रेष्ठले आफूलाई घर बनाउने इच्छा भएपनि आर्थिक अभाव भएकै कारण घर निर्माण गर्न नसकेको बताए । उनले गाउँमा बलियो र सुरक्षित घरका लागि इञ्जिनियर गाउँमा बसे आफूहरुलाई घर कस्तो बनाउने भन्नेमा सहज हुने बताएका थिए ।

त्यसैगरी, दोलखाको बोचमा घर निर्माण गरिरहेका रामबहादुर तामाङले सरकारले दिने भनेको दोस्रो किस्ता र तेस्रो किस्ता रकम सहजरुपमा पाउनु पर्ने बताए । 

उनले आचार्यसँग कुरा गर्दै जनताले सजिलै पहिलो किस्ता पाए पनि दोस्रो किस्ता र तेस्रो किस्ताको रकममा झण्झटिलो प्रक्रिया भएको र आफूहरुले बैंकमा दुःख पाएको बताए । आचार्यले बिहीबार र शुक्रबार दुई दिनसम्म स्थानीयको गुनासो बारे गाउँमा जनतासँग अन्तरक्रिया गर्नुभएको थियो । 

आचार्यले पहिलो किस्ता रकम बुझेर घर निर्माणको काम थालेपछि दोस्रो किस्ता रकम लिन कुनै समस्या परे आफूलाई सिधै फोन सम्पर्क गर्न आग्रह गर्नुभएको थियो । 

प्राधिकरणका जिल्ला प्रमुख आचार्य पुनःनिर्माणको अवस्था बुझ्न गाउँ पसेपछि प्राधिकरणका प्रमुखसँग सिधै आफ्ना गुनासो राख्न पाउँदा स्थानीय निकै खुशी देखिन्थे । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक