२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

ठुलीभेरी नगरपलिकाका ४ वडा कार्यालय एकै कोठामा

११ माघ २०७४, बिहीबार १४:४२

टेकबहादुर शाही/माघ ११, डोल्पा । नगरपालिकाका ४ वटा वडाको वडा कार्यालय एकै कोठामा रहेका छन । 

डोल्पा जिल्लाको ठुलीभेरि नगरपालिका अन्तरगत वडा नं.१,२,३ र ४ को कार्यालय सदरमुकाम दुनैमा एकै कोठामा राखिएको छ । साविकको दुनै गाविसको कार्यालयमा यि सबै ४ वटा वडाको कार्यलय सँयूक्त राखिएको छ । 

जिल्ला सदरमुकाम रहेको दुनैमा वडा कार्यालय प्रत्यक वडामा स्थापना गर्न नसके पछि जनताले सबै वडाको काम दुनैको वडा नं.३ को कार्यालयमा आएर लिने गरेको वडा नं.१ का स्थानीय गणेश गूरुङे बताए । 


उनका अनुसार भौतिक संरचनाहरु नभएको र सरकारी कार्यालय पनि दुनैमा नै भएको कारण जनताले वडामा कार्यालय स्थापना गर्न खासै दावब नदिएको बताए । 

११ वटा वडा कार्यालय रहेको ठुलीभेरि नगरपालिकामा ७ वटा वडाले काम चालाउका रुपमा कार्यलयहरु स्थापना गरेको भए पनि ४ वटा वडाले अझै पनि वडा कार्यालय स्थापना गर्न सकेका छैनन । 

त्यस्तै अन्य स्थानीय तहका पनि अधिकांश वडा कार्यालयहरु वडामा स्थापना भएका छैनन । केहि भएका पनि ब्यवस्थित जनताले सहजै सेवा लिन मिल्ने खालका नभएको स्थानीयहरु बताउछन । 

स्थानीय तहको सरकार बनेर जनप्रतिनिधिहरु चुनिएको २ सय ५० दिन पार गरि सक्दा पनि स्थानीय तहका वडा कार्यालय स्थापना गरि जनतको सेवा वडाबाट दिन नसेकोले जनाप्रतिनिधिहरुनै असक्षम रहेको नागरिको आरोप रहेको छ । तर उता जनप्रतिनिधिहरु भने स्थानीय बिकास मन्त्रालयले स्थानीय तहमा कर्मचारि नै नपाठाएकोले पनि जनताले चाहे अनुरुप वडाबाट सेवा दिन नसेको दावी गर्दछन । 

हाल डोल्पामा स्थानीय तहमा पञ्जीकरण शाखामा काम गर्ने पञ्जिकाधिकारी नै नभए पछि जनताको सेवा अबरोध हुदै आएको छ । पञ्जीकरण शाखामा काम गर्ने वडा सचिव जिल्ला भरिका ६५ वटामा १८ जना मात्र रहेका छन । कसैले ३ वडा कसैले कार्यकारिको जिम्मेवारि सहित ४ वटा वडाको जिम्मेवारि लिएर सेवा दिएको जगदुल्ला गाउपालिकाका निमित्त कार्यकारि नन्दराज गिरिले जानकारि दिए । 

स्थानीय तहको निर्वाचन पछि जनताको सेवा घरघरमा पुगेको भने पनि भने अनुसारको सेवा दिन नसेको ठुलीभेरि नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले स्वीकारे । उनका अनुसार अव कर्मचारि समायोजन पछि तत्काल वडाको कार्यालहरु पनि वडामै स्थापना गरि ब्यवस्थित र जनमुखी सेवा प्रदान गर्ने तयारि भएको बताए । 

स्थानीय तहको निर्वाचन पछि नगरपालिका,गाउपालिका र ति स्थानीय तहका वडा कार्यालय ब्यवस्थापनका लागि भनेर सरकारले ३५ लाख भन्दा माथि १ करोड सम्म बजेट बिनियोजन गरेको भए पनि वडा कार्यालय भन्दा कति पय गाउपालिकाको कार्यालय समेत ब्यवस्थापन नगरेको नागरिक समाज डोल्पाको दावी रहेको छ । 

वडा स्तरमा वडा कार्यलय नभए पछि जनताको सेवा गाउगाउमा भन्ने नारामा मात्र समिति रहेको ब्यबहारमा लागु नभएको नागरिकहरुको गुनासो रहेको छ ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव