२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

रक्सीले महिला हिँसा बढ्दै

२०७४, १३ माघ शनिबार ११:०५

टेकबहादुर शाही | माघ १३, डोल्पा | डोल्पामा रक्सीको कारण महिला हिँसा बढ्दै गएको छ । एक पुरुषले रक्सी खाएर श्रीमतीलाई कुटपिट गरेका छन । त्रिपुरा सुन्दरी नगरपालीका वडा नं ८ पहाडा भुतिङग्राका अन्दाजी बर्ष ३१ का धनबहादुर के सीले आफ्नी श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाइते भएकी छिन । ३० बर्ष की आइता केसीलाइ श्रीमानले रक्सी खाएको बेला ना नाथरी गालीगर्दै कुटपिट गरेको पिडित आइताले बताइन । 

श्रीमानले कुटपिट गरेको छिमेकीले थाहा पाएपछी उपाचारको लागी स्वास्थ्यचौकीमा पुर्याएको पाहाडा स्वस्थ्यचौकीले जानकारी दिएको छ । स्वस्थ्यचौकी पहाडाका अनुसार श्रीमानले रक्सी खाआएको समयमा बिभिन्न खाले अपच शब्दले गालीगर्दै श्रीमतीलाई कुटपिट गरेर टाउको र अनुहारमा निकै धेरै ठुलो चोट लागेको जानकारि दिएको छ ।  

धेरै जसो दिनमा रक्सी खाएर गाउमा हल्लिरहने र धनबहादुरले घरमा श्रीमतीसंग झगडा गरीरहने गरेको छिमेकीले जानकारि दिए । श्रीमान घरमा नबस्ने अनि रक्सीकै नसामा बस्ने भएकोले एक्लैले घरको काम गर्ने गरेको पिडित आइता केसिको भनाइ छ । उनका अनुसार जहिले पनि घरमा आएर झगडा गर्ने छोराछोरीलाइ तनाव दिने र आफुलाइ सताइ रहने गरेको बताइन ।

छिमेकीका अनुसार धनबहादुर र आइताका १० वर्षकी एक छोरी र ६ वर्षका एक छोरा छन । बिबाह गर्दा राम्रै सम्बन्ध रहेको र हाल आएर आफुलाइ अशिक्षित भएको भन्दै केहि गर्न नसक्ने भनेर बिभिन्न बहानामा गाली गरि कुटपटि गर्ने आइताले बताएकी पाहाडा स्वास्थ्य चौकिले जानकारि दिएको छ । 

पछिल्लो समय जाड,रक्सी खाएर महिलाहरुलाइ कुटपिट गर्नेहरु गाउघरमा धेरै नै रहेको स्थानीयहरु बताउछन । बिभिन्न कारणले महिलाहरु घरेलुहिँसामा पर्ने गरेका छन । सानै उमेरमा बिबाह गर्ने र पछि बच्चा जन्मीए पछि दोस्रो बिबाह गर्नु पनि मुख्य कारण रहेको छ । त्यसका साथै बिबाहित महिला नै परपूरुषसँग भागेर जाने प्रबृत्ति बढ्दो क्रममा रहेको छ । 

घरेलुहिँसामा परेका महिलाको लागि कानुनि उपचारका थुप्रै आधारहरु भए पनि गाउघरमा नै समुदायले मिलाएर लैजाने गरेको पाइन्छ । महिला तथा बालवालिका कार्यालय,प्रहरी तथा अन्य कुनै पनि निकायमा घटनाको बारेमा जानकारि दिए नराम्रो सन्देश जाने भन्दै समुदायलेनै सबै घटना गाउमा मिलाउने गरे पछि यस्तो बिकृति बढ्दो रहेको सरोकारवालाको दाबी रहेको छ । 

उच्च हिमाली जिल्ला भएको कारण पनि जाँड रक्सीको प्रयोग हुने भएको धरैको ठम्मयाइ रहेको छ । अत्याधिक चिसो र थकाइ मेटाउनको लागि मधिराको प्रयोग हुने गरेको स्थानीयहरु बताछन । बिभिन्न चाडवाड र खुसियालीमा जाड र रक्सीको अत्याधिक मात्र प्रयोग गरिने गरिन्छ त्यहि खुसियालीमा खाएको रक्सीले महिलामाथिको हिँसा बढ्दो क्रममा भएको सरोकारवालको दावी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ