२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

धर्मलाई विकाससँग जोडौं: सांसद चौधरी

२०७२, २८ मंसिर सोमबार ०२:०२

chudhariसन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । सांसद तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले धर्मलाई विकाससँग जोडेर लैजानुपर्ने बताउनु भएको छ ।

अहिलेको विश्वमा धार्मिक अस्तित्व संकटमा पर्दै जान थालेको भन्दै उहाँले अब धर्मलाई केबल पूजाआजामै सिमित नगरेर विकाससँग जोड्नुपर्नेमा जोड दिनु भएको हो ।

डुरुवा ३ लुहाडबरास्थित राधाकृष्ण मन्दिरमा आयोजना भएको श्रमद्भागवत सप्ताह ज्ञान महायज्ञमा आइबार प्रमुख अतिथिका रुपमा बोल्दै चौधरीले यस्तो बताउनु भएको हो ।‘विश्वमा धेरै धर्महरु अहिले विकाससँग जोडिएर आफ्नो प्रभाव फैलाउन लागेका छन् उहाँले भने ‘बहुधार्मिक नेपालमा पनि हरेक धर्महरुको अस्तित्व संकटमा पर्न थालेको छ, अब हाम्रो आआफ्नो धर्मलाई बचाउनका लागि धर्मलाई विकाससँग जोड्नुपर्छ, उहाँले भन्नु भयो ।

चौधरीले जिल्लाको विकासका लागि आफूले नीतिनिर्माण तहमा सक्दो प्रयास गरिरहेको भन्दै त्यसका लागि स्थानीयमा पनि जागरुकता आउनुपर्नेमा जोड दिनु भयो । ‘तपाईहरुले कहाँ के समस्या छ भनेर भन्नुप¥यो, म जनताकै प्रतिनिधि हुँ, तपाईहरुकै छोरा चेला हुँ म सक्दो प्रयास गर्नेछु’ उहाँले भन्नु भयो । ‘आफ्नो ठाउँको विकास निर्माणका लागि मैले हरसम्भव प्रयास गरेको छु, गरिरहनेछु, भन्नु भयो

डुरुवालाई सडक सञ्जालसँग जोड्नका लागि धेरै ठूला लगानीका पुलहरुको निर्माणका लागि आफूले पहल गरेको पनि उनले बताउनु भयो । ‘डुरुवालाई अरु गाउँसहरसँग जोड्नका लागि मात्रै विभिन्न ठूला ३ वटा पुलहरु बन्ने भएका छन्, त्यसका लागि म धेरै लडेको छु’ उहाँले भने ‘मेरो प्राथमिकता विकास निर्माण नै हो, त्यसका लागि तपाई सबै जनताले साथ दिनुपर्छ, भन्नु भयो ।

मन्दिर परिसरमा धर्मशाला निर्माणका लागि आयोजना गरिएको उक्त महायज्ञमा चौधरीले व्यक्तिगत १५ हजार नगद सहयोग गरेको थिए भने सांसद विकास कोषबाट १ लाख एकहजार १ रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने