२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा किन घट्दै छ विश्वास सरकारी स्वास्थ्य संस्थामा

१७ माघ २०७४, बुधबार ०६:२३

माघ १६ , जाजरकोट | नलगाड नगरपालिका–८ का हरिबहादुर विक टाउको दुख्नासाथ राडीस्थित स्वास्थ्य संस्थामा नगई निजी मेडिकलमा जानुभयो । निजी मेडिकलबाट एकै छिनमा उपचार गरी विक घर फर्कनुभयो । टाउको दुखेको औषधिलाई उहाँले मेडिकलबाट रु एक हजार २३२ मा खरिद गरी ल्याउनुभयो । 

मेडिकल सञ्चालक कुनै मान्यता प्राप्त स्वास्थ्यकर्मी होइनन् । औषधि बिक्री गर्ने अधिकार मात्र पाएका मेडिकल पसलेले हरिबहादुर विकलाई जाँच गरी हजार रुपैयाँभन्दा बढीको औषधि थमाएपछि छिटो सञ्चो हुने आशले औषधि खरिद गरी लिनुभएको हो । 

उहाँ जस्तै सोही वडाकै जैमती खत्रीले पेट दुखेको औषधि गरिदिन अर्को मेडिकलमा पुग्नुभयो । उहाँको पनि त्यस्तैगरी मेडिकल पसलेले अनुमानको भरमा पेट छामेर रु एक हजार ३०० को औषधि हातमा थमाइदिए । उहाँले केही नबोली औषधिको रकम तिरेर घर फर्कनुभयो । 

यस्तै दैनिक यहाँका मेडिकलमा दर्जनौँ बिरामी यसरी आएर उपचार गरी जाने गरेका छन् । मेडिकलबाट कडा डोजको औषधि बिरामीले लिएर सेवन गर्दा आजभोलि खत्री र विकलाई सरकारी स्वास्थ्य संस्थाको औषधिले काम गर्दैन । 

बिरामी हुने बित्तिकै निजी मेडिकलमा मात्र गएर औषधि सेवन गर्दै आएकी छिन् । सरकारी स्वास्थ्य संस्थाभन्दा दैनिक निजी मेडिकलमा बिरामीको भीड लाग्ने गर्दछ । सरकारी स्वास्थ्य संस्थाभन्दा आजभोलि दैनिक निजी मेडिकलमा मात्र बिरामीको भीड लाग्ने गर्दछ । सरकारीमा जाँदा औषधि नै नहुने र दिएको औषधिले पनि राम्रो सँग काम नगर्ने भएकाले आफू जान छाडेको वारेकोट गाउँपालिका–५ का शेरबहादुर बस्नेतले बताउनुभयो । 

पैसा खर्च गरेर भए पनि छिटो सञ्चो हुने उहाँको भनाइ छ । सरकारीमा राम्रो सेवासुविधा पाइने भएमा किन हामी पैसा खर्च गरी मेडिकलमा गई उपचार गराउने थियौँ र ?, बस्नेतले प्रश्न गर्नुभयो । 

जाजरकोटका ग्रामीण क्षेत्रदेखि जिल्ला अस्पतालसम्म बिरामीले विश्वास नमानेपछि निजी स्वास्थ्य संस्थामा गएर उपचार गराउने गरेको बताउँछन् । जाजरकोटको जिल्ला अस्पतालभन्दा २० किलोमिटर टाढा, रुकुमको चौरजहारी अस्पतालमा उपचार गराउनेको ठूलो भीड रहेको छ । गाउँ गाउँमा रहेका स्वास्थ्य संस्थाभन्दा निजी स्तरबाट खुलेका औषधि पसलमा बिरामीको ठूलो भीड हुने गरेको छ । 

नियमित स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुनु र औषधि पनि सबै प्रकारको नपाउनु सरकारी स्वास्थ्य संस्थाको ठूलो समस्या हो । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउन आउने बिरामीलाई स्वास्थ्यकर्मीको रुखो बोलीले समेत पीडित बनाएको बिरामीको भनाइ छ । 

बिरामी सरकारी स्वास्थ्य संस्थामा उपचारका लागि गएपछि खासै बिरामीप्रति ध्यान नदिँदा थप पीडा हुने गरेको स्थानीयवासीको गुनासो छ । तोकिएको समयमा उपचार नगर्ने, यदि गरिहाले पनि बिरामीको आत्मबल कमजोर हुने गरी केरकार गर्दा उपचारभन्दा पीडा बढी हुने गरेको भेरी नगरपालिका–१ की हजारी विकले बताइन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा