२०८३, २८ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकी ऐन देवानी संहिता भदौदेखि लागू हुँदै

२०७४, १८ माघ बिहीबार १०:५२

 माघ १८, काठमाडौँ | आर्थिक गतिविधिलाई बढावा दिन तथा व्यवसाय सञ्चालनका विवाद तत्काल निरुपण गर्न मुलुकी ऐन देवानी संहिता भदौदेखि लागू हुने प्रायः पक्का भएको छ । 

मुलुकी ऐन देवानी संहिताले व्यापार–व्यवासाय सञ्चालनका क्रममा सम्बन्धित व्यक्ति वा कम्पनीले करारका शर्तअनुरुप सेवा वा साधन प्रवाह÷आपूर्ति नगरे कानूनअनुसार क्षतिपूर्ति दिइने व्यवस्था गरेको छ । 

नेपाल–अमेरिका उद्योग वाणिज्य संघले आज राजधानीमा आयोजना गरेको ‘नेपालमा क्षतिपूर्ति कानूनको आवश्यकता’ विषयको कार्यशालामा सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले उक्त संहिता कार्यान्वयनका निम्ति भदौभित्रमा आवश्यक कानून पारित हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले उक्त संहितामा ‘कानूनअनुसार क्षतिपूर्ति दिइने’ जस्ता अस्पष्टता नयाँ कानूनले चिर्ने बताउँदै आमनागरिकलाई क्षतिपूर्ति सम्बन्धमा जागरुक तुल्याउन अपरिहार्य भएको विचार व्यक्त गर्नुभयो । 

यहाँस्थित अमेरिकी दूतावासका प्रमुख माइकल सी गोन्जालेसले नेपालको आर्थिक विकास र समृद्धि अमेरिकाको प्राथमिकता भएको स्पष्ट गर्दै सन् २०३० सम्ममा नेपाललाई मध्यम आययुक्त मुलुकमा स्तरोन्नति गर्न अमेरिकी सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

संघका अध्यक्ष किरणप्रकाश साखःले सुरक्षित व्यवसाय सञ्चालन तथा जोखिम व्यवस्थापनका निम्ति क्षतिपूर्तिको कानूनी प्रावधान अत्यावश्यक भएको बताउँदै प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न त्यस्तो ऐन व्यवसायका निम्ति प्राणवायु बनेको जिकिर गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन