२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

माथिल्लो डोल्पा सञ्चार बिहिन

२० माघ २०७४, शनिबार १४:१५

टेकबहादुर शाही/माघ २०, डोल्पा । माथिल्लो डोल्पाका ३ वटा गाउपालिका सञ्चार बिहिन भएका छन । नेपाल टेलिकमद्धारा सञ्चालीत भि–स्याट फोन बाहेक अन्य कुनै पनि फोन सेवा नरहेको माथिल्लो डोल्पाका ३ गाउपालिका यति बेला सञ्चार बिहिन भएका हुन । 

भौगोलिक रुपमा ठुलो क्षेत्रफल रहेको माथिल्लो डोल्पामा सञ्चार सेवा नहुदा त्यस क्षेत्रका जनताले सहजै सुचना आदान प्रदान गर्न पाएका छैनन । ३ वटा गाउपालिकामा गरि जम्मा १० वटा भि–स्याट फोन सञ्चालनमा रहेको दुरसञ्चार कार्यालय डोल्पाले जानकारि दिएको छ ।  


सञ्चारले दैनिक फड्को लिई रहदा माथिल्लो डोल्पाका जनताले भने सञ्चार सेवाको अनुभूति सम्म गर्न पाएका छैनन । अहिले भि–स्याट फाने बाहेक अन्य कुनै पनि सञ्चारको सेवा नरहेको छार्का ताङसोङ गाउपालिकाकी छिरीङ्गपाल्मु लामाले बताइन । उनि भन्छिन गाउबाट दुनैमा आउदा सुगमको ठुलै शहर जस्तो लाग्छ फोन धित मरुन्जेल सम्म गरेर जान्छु तर उता गाउमा त अब सपना मात्रै भो दुखेसो पोख्छीन । 

माथिल्लो डोल्पाको डोल्पो बुद्धगाउपालिकामा स्थानीयहरुको सक्रियता र सहयोगमा मोबाइल टावरका सामानहरु पुगेको तर हिमपात र चिसकोको कारण सञ्चालनमा ल्याउन नसकिएको नेपाल टेलिकम केन्द्रीय कार्यालय काठमाण्डौ आयोजनाका शाखाका सिनियर ईन्जीनियर शिव पोख्रेलले बताए । उनका अनुसार माथिल्लो डोल्पामा मात्रै ७ वटा ठाउमा मोवाइल टावरको सर्वे पूरा भइ सकेकोले जति सक्दो छिट्टै सेवा बिस्तार गर्ने बताए ।

भौगोलिक बिकटताको कारण डोल्पामा अन्य जिल्लाको तुलनामा नमस्ते मोबाइल टावर बिस्तार गर्न नसकेको सिनियर ईन्जीनियर पोख्रेलले स्वीकारे । उनले भने अब जनप्रतिनिधिले नै दावब दिएमा एकै बर्षमा धेरै क्षेत्रमा मोवाइल टावरका बिटिएस राख्न सकिने तर डोल्पाबाट त्यति धेरै जनप्रतिनिधि केन्द्रीय कार्यालयमा पहलको लागि नआउने बताए । 

स्याटलाईटको डाटा किन्न पर्ने भएको हुदा डाटा खरिद नभएकाले पनि समस्या भएको  तर कागजि प्रकृयामा केहि समस्या भएको कारण केहि समय ढिला हुने नेपाल टेलीकम केन्द्रीय कार्यालयले जानकारि दिएको छ । फागुनबाट डोल्पामा हिमपात संगै चिसो कम हुने भएकाले पहिलो प्राथमिकतामा परेका सबै क्षेत्रमा नमस्तेका मोवाइल सेवा बिस्तार हुने मध्यपश्चिम क्षेत्र हेर्ने सिनियर ईन्जीनियर पोख्रेलले जानकारि दिए । 

एक वस्तिवाट अर्को बस्ती सम्म पुग्नको लागि एक दिनको बाटो हिड्नु पर्ने बाध्यता रहेको छ । माथिल्लो डोल्पामा सञ्चार सेवा नहुदा जतनाले दिनभर हिडेर प्रति मिनेट १५ रुपैयामा फोन गर्नु पर्ने बाध्यता रहेको शे–फोक्सुण्डो गाउपालिकाका स्थानीय ग्यालजेन गूरुङ्गले जानकारि दिए । उनका अनुसार मोवाइल सेवा सम्म भएको भए घरमै बसेर सहजै सुचाना आदान प्रदान गर्ने धोको पूरा हुने बताए ।


माथिल्लो डोल्पाका सबै ३ वटा गाउपालिका र साबिकका ७ वटा गाविसमा सञ्चारका कुनै पनि सेवाहरु नहुदा स्थानीयलाइ समस्या परेको महसुस गरेर केन्द्रीय कार्यलयमा लिखित तथा मौखिक रुपमा माग गरेको शे–फोक्सुण्डो गाउपालिकाका अध्यक्ष टसिटुण्डुप गूरुङले बताए । उनले भने माथिल्लो डोल्पाका सबै जनप्रतिनिधिहरु लागि परेको र अब छिट्ट प्रत्यक गाउपालिकामा एक एक वटा नमस्ते मोवाइल टावर राख्ने प्रयास भएको बताए । 

माथिल्लो डोल्पमा सञ्चार सेवा नभए पछि जनताहरु छुट्टै संसारको मान्छे भएको अनुभव रहेको तबउछन । सञ्चार बिहिन भए पछि देशबिदेशमा सुचना आदान प्रदान गर्न पनि नपाएको र चोरीका घटानहरु पनि धेरै हुने स्थानीयहरु बताछन । नेपाल टेलीकमले डोल्पा जिल्लाका ८ वटा स्थानीय तहमा एक दर्जन भन्दा धेरै ठाउमा नमस्ते मोवाइल टावरको सर्वे गरेको छ भने आधा दर्जन बराबर बिटिएस सञ्चालनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा