२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपतिमा महाशिवरात्रिको तयारी शुरु

२०७४, २४ माघ बुधबार १०:२३

माघ २४, काठमाडौँ | पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु गरिएको छ । शिवरात्रिमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले आठ उपसमिति गठन गरेको छ । 

आवास तथा भौतिक, स्वास्थ्य एवं वातावरण, प्रचारप्रसार, सन्त तथा धार्मिक कार्यक्रम, सुरक्षा तथा दर्शन, स्वयंसेवा, साज सजावट र रात्रिकालीन व्यवस्था गरी आठ उपसमिति गठन गरिएको कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी दिनुभयो । 

कोष सञ्चालक परिषद् सदस्यको संयोजकत्वमा उपसमिति गठन गरिएको हो । कोषले गत वर्षदेखि मूलसमिति गठन गर्न छोडेको छ । काम उपसमितिले नै गर्ने र मूलसमितिका नाममा पशुपति प्रवेशको पास मात्र वितरण हुन थालेपछि गठन नगरिएको उहाँले बताउनुभयो । 

कोषले शिवरात्रिमा दर्शनका लागि विशेष पास एवं सःशुल्क पासको व्यवस्था पनि खारेज गरेको छ । पशुपति क्षेत्रमा देश विदेशका साधु सन्त आउन थालेपछि सोमबारदेखि नै अन्नपूर्ण भण्डार, भागवतानन्द आश्रम र जम्मु काश्मीरबाट आउनुभएका मोहननाथ बाबाले संयुक्त रुपमा निःशुल्क भण्डाराको व्यवस्था गर्नुभएको कोषले जनाएको छ । 

गुठी संस्थान पशुपति गोश्वाराले फागुन कृष्ण एकादशी अर्थात् विजया एकादशीका दिन माघ २८ गतेदेखि शिवरात्रिको पर्सिपल्ट अर्थात् फागुन कृष्ण औँसी फागुन ३ गते बिहीबारसम्म मेला भर्न आएका साधु सन्तलाई निःशुल्क भोजनको व्यवस्था गर्नेछ । 

फागुन कृष्ण दशमीका दिन राष्ट्रपति विद्यादेवी भणडारीले संकल्प गर्नुहुने दक्षिणा र उपहार दिएर फागुन कृष्ण औँसीका दिन साधु सन्तलाई बिदाइ गर्ने परम्परा छ । बिदाइमा नागाबाबालाई पेडा र दक्षिणा एवं अन्य साधु सन्तलाई खिचडी तथा दक्षिणा दिइने संस्थानका उपप्रशासक दीपकबहादुर पाण्डेले राससलाई जानकारी दिनुभयो । 

एकादशीकै दिनदेखि संस्थानले साधु सन्तलाई आगो ताप्न दाउरा वितरण गर्ने तयारी गरेको छ । शिवरात्रीमा वितरण गर्न ४५ हजार केजी दाउरा किनिएको संस्थानले जनाएको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै