सन्तोषकुमार गुप्ता । पुस २५, दाङ । रेडियो नयाँ यूग एफ.एम सञ्चालन गर्दै आएको अशल शासनकालागी यूवा एकता यूगको शनिवार लमहीमा सम्पन्न ९ औं साधारण सभाले संस्थाको अध्यक्षमा पुनः रेवतीरमण शर्मालाई चयन गरेको छ । शर्माको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
उपाध्यक्षमा तुलसीराम अधिकारी, सचिवमा विक्रान्त ज्ञवाली, कोषाध्यक्षमा भागवत ज्ञवाली र सदस्यहरुमा थानेश्वर गैरे, भैरव सनिप ज्ञवाली, जयप्रकाश पौडेल, जमना शर्मा रहनु भएको छ । साधारण सभाले लोकराज अधिकारीको संयोजत्कवमा पदमप्रकाश ज्ञवाली र तिर्थराज ज्ञवाली सदस्य रहेको अनुगमन समिति गठन गरेको छ । यसैगरी किशोर कुमार शर्मा र सरदकुमार पोख्रेललाई सल्लाहकारमा नियुक्त गरिएको छ ।
संस्थाका अध्यक्ष रेवतीरमण शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन संस्थाका जेष्ट सदस्य लोकराज अधिकारीले गर्नु भयो । साधारण सभामा संस्थाका सदस्य दशरथ घिमिरेले प्रगती प्रतिवेदन र स्टेसन म्यानेजर उत्तम अधिकारीले आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु गरेका थिए । विक्रान्त ज्ञवालीको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सदस्य एवम् रेडियो नयाँ यूगका समाचार सम्पादक दशरथ घिमिरेले गरेका थिए ।