२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

हाम्रो बचतको आठौँ बार्षिक साधारणसभा सम्पन्न

२७ पुष २०७२, सोमबार ०५:५४

सन्तोषकुमार गुप्ता, पुस २७, भालुवाङ । लालमटिया—५ स्थीत हाम्रो बचत तथा ऋण सहकारी संस्थाको आठौँ बार्षिक साधारणसभा शनिबार देउखुरीको मौरीघाटमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष दुर्योधन पाण्डेको अध्यक्षता एवम् राप्ती उद्योग बाणिज्य संघका कोषाध्यक्ष युवराज भुसालको प्रमुख आतिथ्यमा भएको साधारणसभामा संस्थाका सह—सचिव डम्मरबहादुर जिसीले बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रेमनारायण भुसालले आर्थिक बर्ष २०७१÷०७२ को ५६ लाख ८१ हजार ९ सय ३७ रुपैयाँ ९० पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका शेयर सदस्य इन्द्प्रसाद चौधरकिो स्वागत मन्तव्यबाट शुरु भएको साधारणसभामा बोल्ने बक्ताहरुले बैंक सम्मका पहुच नभएका आमनागरिकहरुका लागि सहकारी बरदानको रुपमा सावित भएको बताउका थिए । सहकारी संस्थाकै कारण समान्य नागरिकहरु पनि पछिल्लो समयमा उद्यमी बन्न भएको बताएका थिए ।

सो अवसरमा उत्कृष्ट बाल बचतकर्ता पुष्कर रिजाल, असल ऋणी तिलकराम बली र असल मासिक बचतकर्ता जीवराज शर्मालाई सम्मान समेत गरेको थियो । साधारणसभामा हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्ल, बिहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बामदेव चौधरी, महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका सचिव हिमानन्द पाण्डे, भिकृटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी गौरा सारुमगर, पत्रकारहरु सन्तोषकुमार गुप्ता, बिदुर एमसी र ओमप्रकाश गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन कार्य समिती सदस्य बीरबहादुर चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन