२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चार वर्षअघि हराएका बालक फेला

२६ माघ २०७४, शुक्रबार ०७:३३

माघ २६, कपिलवस्तु | चार वर्षअघि हराएका एक बालकलाई फेलापारी यहाँ ल्याइएको छ । झापा सुरुङ्गास्थित तामाङ गाउँका १४ वर्षीय सुनिल विक चार वर्षअघि नाताले मामा पर्नेसँग भारतको पञ्जाव घुम्न गएका थिए । 

मामाले पञ्जाबमा आफ्नै पसलमा उनलाई काममा लगाएका थिए तर एक दिन मामा पर्नेले पसल बन्द गरी जानकारी नै नदिइ भागेको बालक सुनिलले बताए । भारतमा बेवारिसे भएर डुलिरहेका बेला भारतीय प्रहरीको सहयोगमा भारत नेपाली एकता समाजमार्फत बालक विकलाई कृष्णनगर प्रहरी कार्यालयमा पठाइएको थियो । उक्त प्रहरी कार्यालयले जिल्ला बालकल्याण समितिमार्फत कपिलवस्तु बालगृहमा पठाएको बालगृहका संयोजक रामप्रसाद अर्यालले बताउनुभयो । 

झापा जिल्ला सुरुङ्गा बस्ने तारामान विक र रमा विक छोरा सुनिललाई यही पुस २६ गते जिल्ला बाल कल्याण समितिमार्फत बालगृहमा लाइएको र उनले आफ्ना बुबाआमा र आफन्त भेट्न आतुर रहेको उहाँले जानकारी दिनुभयो । 

बालकका बुबाआमा पत्ता लगाई परिवारको जिम्मा लगाउन झापा जिल्ला बालकल्याण समितिसँग समन्वय गरी छिट्टै झापा पठाइने जिल्ला बालकल्याण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो