२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्राण्ड बैंक काण्डमा भट्टराई जेल जाने ?

२०७४, २८ माघ आईतवार ०७:४४

माघ २८, काठमाडौं । राजेन्द्र खेतान लगायत भारतीय व्यापारीहरुको लगानीमा स्थापना भएको प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई फेरि बिमा समितिले हस्तक्षेप गर्ने तयारी गरेको छ ।

ग्राण्ड बैंक तहस नहस बनाएर बैंकबाट निकालिएका आर्थिक माफिया मनोज भट्टराई अहिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओ छन् । उनकै हाली मुहालीमा ग्राण्ड बैंक थिल्थिलो भएको थियो । कमिशन खाँदै ऋण प्रवाहगर्ने उनको छवीले ग्राण्ड बैंक सकसमा परेको थियो ।


ग्राण्ड बैंक नेपाल लिमिटेडमा रहँदा खेतान एण्ड कम्पनीका ‘दलालहरु’ लाई कमसल घरजग्गा राखी कर्जा प्रवाह गरे वापत ‘पुरस्कार’ स्वरुप सिईओ पद पाएका भट्टराई अब जेल जाने निश्चित भएको हो ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा भट्टराई सिईओ भएर पुगेपछि उनीको दादागिरीकै कारण सिईओ लगायत  कर्मचारीले कम्पनी छोडी प्रभु लाईफ इन्स्योरेन्समा  जागिर खान पुगेका छन् । अहिले प्राइम लाईफमा भट्टराईको ब्रम्हलुट छ ।

बिमा समिति स्रोत भन्छ, ‘बिमा समितिको निर्देशन विपरित दर्जनौं प्रोडक्ट निकाली बिमा गरेको, सीमा बाहिर गएर छुट नदिएका काम भएको र पूँजी बृद्धि अन्यौलमा पुगेको छ । यी र यस्था कार्य बिमा समितिको निर्देशन विपरित भएपछि विमा समितले सिईओ भट्टराईलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।’

अर्को अचम्मको कुरा के छ भन सिईओ भट्टराईले विना विज्ञापन खेतान एण्ड कम्पनीका दर्जनौं कार्यकर्तालाई कम्पनीमा जागिर दिएका छन् । कम्पनी तहसनहस गरी मोजमस्ती गरेका भट्टराईले विना विज्ञापन खेतान एण्ड कम्पनीका दर्जनौं कार्यकर्तालाई कम्पनीमा जागिर दिएका छन् । र कम्पनी तहसनहस गरी मोजमस्ती गरिरहेका छन् ।

प्राइमलाइफ इन्स्योरेन्स कम्पनी सर्वसाधारण जनताको शेयरबाट स्थापना भएको कम्पनी हो । जसमा प्रमोटर ५१ प्रतिशत नै छैन् । तर सिइओ भट्टराई जनताको रगत र पसिनामा रजाई गरिरहेका छन् । बिमा समिति भनिरहेको छ । प्रमोटर शेयर बनाएर मात्रै पूँजी बृद्धि गर तर शक्तिको भरमा खेतानको दौरा समाएर भट्टराईले जबरजस्ती साधारण सभाबाट बिमा समितिको निर्देशन विपरित राइट शेयर दिने प्रस्ताव पारित गराएपछि समितिले चर्को कारवाही गर्ने प्रस्टै छ ।

जहाँ जहाँ भट्टराई पुगेका छन्, त्यँही त्यँही जनताको पैसामा र्याल चुहाउने काम भएको बिमा समितिले फेला पारेपछि अब भट्टराईको पद जाने र बदमासी सावित भए जेल जाने एक सञ्चालकले नाम नलेख्ने शर्तमा बताए ।

विभिन्न पार्टी भोजमा पुगी रक्सी धोक्ने र ठूला ठूला कुरा गरी हिड्ने भट्टराईको लुट कहिले रोकीए ? ग्राण्ड बैंकमा तत्कालीन सिइओ सुधिर खत्री र यी सिइओ भट्टराई मिली दिएको नक्कली कर्जा अझै उठेको छैन । यी दुइकै कारण डुबेको ग्राण्ड बैंक अहिले प्रभु बैंकले मर्जर गरी चलाए पनि अबैंको कर्जा उठेको छैन । जग्गा कमसल भएकाले बिक्री समेत नभएको बैंक सञ्चालक दक्ष पौडेलले बताए ।

यति मात्रै होइन तत्कालीन ग्राण्ड बैंक नेपाल लिमिटेडको कमलादीको मुख्य कार्यलय स्थापना गर्दा समेत तत्कालीन सिईओ खत्री र यी सिईओ भट्टराईले लाखौं कमिशन लिई कमशल निर्माण सामाग्रीबाट भवन बनाएको पुष्टी भएको छ ।

भूकम्पले अहिले कमलादीको भवन चिरा चिरा भएको छ । मर्मतपछि प्रभु बैंकको एउटा तल्लामा बैंक छ अरु सबै खाली छ ।

तर खत्री विदेश गएर लुकी बसेका छन् भने भट्टराई सिईओ बनेर प्राइम लाइफ पुगेका हुँदा यी आर्थिक माफियाहरुलाई कसले गर्ने कारवाही ?

सधैं जनताको पैसामा फूपूको श्राद्ध गर्ने खत्री र भट्टराई ग्राण्ड बैंक घोटला काण्ड छानविन भए अझै जेल जाने प्रस्टै भएको राजतिलकमा उल्लेख छ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै