२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पाका स्थानीय तहमा औषधि अभाव हुँदै

५ फाल्गुन २०७४, शनिबार १७:५०

टेकबहादुर शाही | फागुन ५, डोल्पा | डोल्पाका अधिकांश स्थानीय तहका स्वास्थ्य संस्थामा औषधि अभाव हुदै गएको छ । नेपाल सरकारले बितरण गर्दै आएको ७० किसिमका औषधिहरु स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा अभाव हुने थालेको स्वास्थ्यकर्मिहरुले जानकारि दिएका छन । 

अघिल्ला बर्षहरुमा जिल्ला ननस्वास्थ्य कार्यालयले खरिद गरेर सबै स्वास्थ्य चौकिमा बितरण गर्ने गरेको थियो । यस बर्ष औषधि खरिदको लागि जिल्ला स्वास्थ्य कार्यालयमा आउने बजेट स्थानीय तहमा गए पछि जिल्लाबाट औषधिहरु स्थानीय तहका स्वास्थय संस्थामा पठाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाले जानकारि दिएको छ । 

स्थानीय तहमा कर्मचारि र जनप्रतिनिधिहरु मँसिर देखि माघ महिना सम्म जिल्ला बाहिर रहेका कारण असोजमा खरिद गरेको औषधिले फागुन सम्म नपुगेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारि दिएको छ । स्थानीय तहमा स्वास्थ्य चौकिमा औषधि खरिदको लागि बजेट गएकोले स्थानीय तहले नै औषधि खरिद गरि वितरण गर्नु पर्ने त्रिपूरा सुन्दरी नगरपालिकाका स्वास्थ्य ईकाइ ईन्चार्ज सञ्जय मण्डलले बताए । उनले भने औषधि अभाव भएका स्वास्थ्य चौकिमा औषधि पठाउने बताए ।


त्रिपूरा सुन्दरी नगरपालिका, ठुलीभेरि नगरपालिका र माथिल्लो डोल्पाका ३ गाउपालिकामा औषधिको मौजात कम हुदै गएको गुनासो जिल्लामा आएकोले अबका केहि दिनमा जिल्लामा मौजात रहेको औषधिको माग बढि भएका स्वास्थ्य चौकिहरुमा पठाउन लागिएको जिल्ला स्वास्थ्य प्रमुख डक्टर श्रीकान्त अग्रवालले जानकारि दिए । उनका अनुसार स्वास्थ्य संस्थामा आवास्यक औषधिका माग गरि जिल्लाबाटै स्वास्थ्य संस्थाले नै ढुवानी गरेर लैजानु पर्ने बताए । 

काईके गाउपालिका,जगदुल्ला गाउपालिका र मुड्केचुला गाउपालिकामा भने स्थानीय तहले आफनै आन्तरीक स्रोतबाट औषधि गरिद गरी सकेकोले त्यति समस्या नआएको जनप्रतिनिधिहरुले जानकारि दिएका छन । माथिल्लो डोल्पामा यतिबेला स्वास्थ्य सस्थाहरु बन्द रहने भएकोले औषधि समस्याको गुनासो आउदैन तर तल्लो डोल्पाका अधिकांश क्षेत्रका स्वास्थ्य चौकिमा धेरै जसो औषधि नभएको स्थानीयहरुको गुनासो रहेको छ । 

स्थानीय तहले खरिद गर्ने कि जिल्ला स्वास्थ्य कार्यालयले खरिद गर्ने भन्ने बिषयको यकिन नभएको कारण पनि जिल्लाका अधिकांश स्वास्थ्य चौकिहरुमा औषधि समस्या हुने गरेको नागरिक समाजको दावी रहेको छ । तर स्थानीय तहले खरिद गर्ने औषधि तत्काल खरिद गर्नु पर्ने र जिल्लाबाट बितरण हुने औषधि पनि सबै क्षेत्रमा पठाउन पर्ने भन्दै नागरिक समाजले सरोकारवाला निकायको ध्यानकर्षण गराएको छ । 

८ वटा स्थानीय तह रहेको डोल्पामा स्थानीय सरकार आए पछि जनताले पाउने सेवामा समस्या उत्पन्न भएको नागरिकको गुनासो रहेको छ । स्वास्थ्य जस्तो सम्बेदन शिल कुरामा लापरवाहि नगर्न नागरिकले सबैमा आग्रह गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु