२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पाका स्थानीय तहमा औषधि अभाव हुँदै

५ फाल्गुन २०७४, शनिबार १७:५०

टेकबहादुर शाही | फागुन ५, डोल्पा | डोल्पाका अधिकांश स्थानीय तहका स्वास्थ्य संस्थामा औषधि अभाव हुदै गएको छ । नेपाल सरकारले बितरण गर्दै आएको ७० किसिमका औषधिहरु स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा अभाव हुने थालेको स्वास्थ्यकर्मिहरुले जानकारि दिएका छन । 

अघिल्ला बर्षहरुमा जिल्ला ननस्वास्थ्य कार्यालयले खरिद गरेर सबै स्वास्थ्य चौकिमा बितरण गर्ने गरेको थियो । यस बर्ष औषधि खरिदको लागि जिल्ला स्वास्थ्य कार्यालयमा आउने बजेट स्थानीय तहमा गए पछि जिल्लाबाट औषधिहरु स्थानीय तहका स्वास्थय संस्थामा पठाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाले जानकारि दिएको छ । 

स्थानीय तहमा कर्मचारि र जनप्रतिनिधिहरु मँसिर देखि माघ महिना सम्म जिल्ला बाहिर रहेका कारण असोजमा खरिद गरेको औषधिले फागुन सम्म नपुगेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारि दिएको छ । स्थानीय तहमा स्वास्थ्य चौकिमा औषधि खरिदको लागि बजेट गएकोले स्थानीय तहले नै औषधि खरिद गरि वितरण गर्नु पर्ने त्रिपूरा सुन्दरी नगरपालिकाका स्वास्थ्य ईकाइ ईन्चार्ज सञ्जय मण्डलले बताए । उनले भने औषधि अभाव भएका स्वास्थ्य चौकिमा औषधि पठाउने बताए ।


त्रिपूरा सुन्दरी नगरपालिका, ठुलीभेरि नगरपालिका र माथिल्लो डोल्पाका ३ गाउपालिकामा औषधिको मौजात कम हुदै गएको गुनासो जिल्लामा आएकोले अबका केहि दिनमा जिल्लामा मौजात रहेको औषधिको माग बढि भएका स्वास्थ्य चौकिहरुमा पठाउन लागिएको जिल्ला स्वास्थ्य प्रमुख डक्टर श्रीकान्त अग्रवालले जानकारि दिए । उनका अनुसार स्वास्थ्य संस्थामा आवास्यक औषधिका माग गरि जिल्लाबाटै स्वास्थ्य संस्थाले नै ढुवानी गरेर लैजानु पर्ने बताए । 

काईके गाउपालिका,जगदुल्ला गाउपालिका र मुड्केचुला गाउपालिकामा भने स्थानीय तहले आफनै आन्तरीक स्रोतबाट औषधि गरिद गरी सकेकोले त्यति समस्या नआएको जनप्रतिनिधिहरुले जानकारि दिएका छन । माथिल्लो डोल्पामा यतिबेला स्वास्थ्य सस्थाहरु बन्द रहने भएकोले औषधि समस्याको गुनासो आउदैन तर तल्लो डोल्पाका अधिकांश क्षेत्रका स्वास्थ्य चौकिमा धेरै जसो औषधि नभएको स्थानीयहरुको गुनासो रहेको छ । 

स्थानीय तहले खरिद गर्ने कि जिल्ला स्वास्थ्य कार्यालयले खरिद गर्ने भन्ने बिषयको यकिन नभएको कारण पनि जिल्लाका अधिकांश स्वास्थ्य चौकिहरुमा औषधि समस्या हुने गरेको नागरिक समाजको दावी रहेको छ । तर स्थानीय तहले खरिद गर्ने औषधि तत्काल खरिद गर्नु पर्ने र जिल्लाबाट बितरण हुने औषधि पनि सबै क्षेत्रमा पठाउन पर्ने भन्दै नागरिक समाजले सरोकारवाला निकायको ध्यानकर्षण गराएको छ । 

८ वटा स्थानीय तह रहेको डोल्पामा स्थानीय सरकार आए पछि जनताले पाउने सेवामा समस्या उत्पन्न भएको नागरिकको गुनासो रहेको छ । स्वास्थ्य जस्तो सम्बेदन शिल कुरामा लापरवाहि नगर्न नागरिकले सबैमा आग्रह गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना