९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

उच्च मावि लालमटियामा गुणस्तरिय शिक्षाका लागि अन्र्तक्रिया

११ चैत्र २०७२, बिहीबार ११:५८

सन्तोषकुमार गुप्ता, चैत्र ११, भालुवाङ्ग । सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न शिक्षक, अभिभावक, विद्यार्थी र सञ्चालक समितीको सक्रियाबाट मात्र सम्भव हुने सोमबार विद्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमका बक्ताले जोड दिएका छन् ।
आर्दश उच्च मावि लालमटियामा गुणस्तरिय शिक्षा प्रदान गर्न कसको के भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमका बक्ताले यस्तो कुरामा जोड दिएका हुन् ।

school

उनीहरुले गुणस्तरिय शिक्षा प्रदान गर्न कुनै एक्लो पक्षले मात्र चाहेर सम्भव नहुने बताउँदै उनीहरले सबै जना जिम्मेवार हुन आग्रह समेत गरेका थिए । शिक्षक अभिभावक संघका संयोजक बुद्धिराम चौधरीको अध्यक्षता एवम् विद्यालय निरिक्षक बेगम केसीको प्रमुख आतिथ्य तथा लालमटिया स्रोत केन्द्रका स्रोत व्यक्ति बिप्लप अधिकारीको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्णप्रसाद आचार्यको स्वागत मन्तव्य तथा बिषय प्रवेशबाट शुरु भएको अन्तरक्रिया कार्यक्रमले गुणस्तरीय शिक्षा बिषयक अन्तरक्रिया कार्यक्रम पुन बृहत्त अभिभाबक भेलाबाट गर्ने र शैक्षिक सत्र २०७३ बाट कक्षा ११, १२ को कक्षा दिवा समयमा सञ्चालन गर्ने निर्णय समेत गरेको छ । कार्यक्रममा विद्यालयको शैक्षिक, भौतिक अवस्था तथा अगामी कार्यक्रमका बिषयमा बिषयका प्राचार्य दामोदर पाण्डेले जानकारी गराएका थिए ।

कार्यक्रममा ऐरावती आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसाल, विद्यालय व्यवस्थापन समितीका सदस्यहरु जेहरमान मियाँ, गुरुप्रसाद ज्ञवाली, शारदा भुसाल, प्रेमबहादुर केसी, शिक्षक अभिभावक संघका सदस्यहरु गेबद्धन राना, नारायणी खनाल, हरिप्रसाद चौधरी, पत्रकारद्धय सन्तोषकुमार गुप्ता, जमिर शाह, शिक्षकहरु किरण पोख्रेल, मिनबहादुर बिसी, सरिता रिजाल, गिता गिरी, माधव बेल्बासे, खिमबहादुर केसी, जीबराज शर्मा र शिक्षाप्रेमी रामकृष्ण पौडेल लगायक्तका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका प्राचार्य दामोदर पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो