९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ खानेपानीमा मतदान सम्पन्न, ६ सय ७९ मत खस्यो, गुरुङ्ग र कार्कीको प्यानल चुुुनावी मैदानमा

१५ चैत्र २०७२, सोमबार १२:५४

सन्तोषकुमार गुप्ता/ चैत १५, भालुवाङ्ग । भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान सकिएको छ । बिहान ८ बजे देखि साँझा ५ बजे सम्म चलेको मतदानमा जम्मा ६ सय ७९ मत खसेको निर्वाचन समितीले जनाएको छ । समितीको कुल मतदाता संख्या ९ सय ५५ रहेको भए पनि मतदान अबिधि सम्म जम्मा उक्त मत खसेको निर्वाचन समितीका संयोजक मानबहादुर कुमालले जानकारी दिएका छन् ।

deukhuri

गत फागुन २९ गते समितीको सम्पन्न चौथो बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति हुन नसके पछि आज निर्वाचन प्रक्रियामा लगिएको हो । राप्ती उद्योग बाणिज्य संघ भालुवाङ्गको सभाहलमा मतदान केन्द्र राखिएको छ । मतदान सकिए संगै आज करिब राती करिब ७ बजे देखि मतगणा शुरु गर्ने र राती १२ बजे सम्म बिजय उम्मेद्धार घोषणा गर्ने संयोजक कुमालले बताए । मतदान कार्यक्रम सौभाद्रपूर्ण बातावरणमा मतदाताको उत्साहित सहभागिताका साथ सम्पन्न भएको निर्वाचनमा समितीले जनाएको छ ।

top bahadur karkiनिर्वाचनमा नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको अध्यक्ष हस्तबहादुर गुरुङ्गको सयुक्त लोकतान्त्रिक प्यानलका उपाध्यक्षमा प्रकाश बस्नेत, सचिवमा बाबुराम थापा र कोषाध्यक्षमा चन्द्रप्रकाश आचार्य रहेका छन् । त्यस्तै सदस्यहरुमा हुमीकुमारी राना, शारदाकुमारी केसी, ऋषिराम बस्नेत, किशोरकुमार जिसी, नेत्रप्रसाद बेल्बासे, रामलाल कालाथोकी र आत्माराम पोख्रेल रहेको निर्वाचन समितीले जनाएको छ ।

त्यस्तै एकिकृत नेकपा माओवादी, नेकपा एमाले, बैद्ध माओवादी र बिप्लप माओवादीको समर्थन रहेको अध्यक्ष टोपबहादुर कार्कीको सयुक्त बामपन्थी प्यानलको उपाध्यक्षमा गिरबहादुर घर्ती, सचिवमा मञ्जुर मियाँ र कोषाध्यक्षमा अनन्तराज पौडेल रहेका छन् । त्यस्तै महिला सदस्यमा कमला तामाङ्ग, मिनाकुमारी जैसी, अन्य सदस्यहरुमा प्रेमप्रसाद सुवेदी, भिमलाल न्यौपाने, ऋषिराम पौडेल, गंगा गिरी र बिमल शर्मा चुनावी मैदानमा छन् ।

hasta bahadur gurung

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो