२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा चारवटा नगरपालिका थपिदै

१९ चैत्र २०७२, शुक्रबार ०८:०२

सन्तोषकुमार गुप्ता, चैत १९, दाङ । दाङमा चारवटा नगरपालिका थपिने भएका छन् । जिल्लाका क्षेत्रनम्वर १, २, ४ र ५ मा एक–एकवटा नगरपालिका थपिने भएका हुन् ।

चारवटा नगरपालिका रहेको दाङमा गढवा, राप्ती, बबई र हापुरे नगरपालिका निर्माणका लागि मन्त्रालयमा पत्राचार गर्ने तयारी भएको जिविसले जनाएको छ ।

जिविस वोर्ड प्रतिनिधि एवं फोरम लोकतान्त्रिकका जिल्ला सचिव कुलबहादुर घर्तीले हिजो सम्पन्न बोर्ड बैठकले कोइलावास, गढवा र गंगापरस्पुर गाविसलाई मिलाएर गढवा नगरपालिका बनाउने र त्यसको केन्द्र गढवालाई बनाउने निर्णय भएको बताउनुभयो ।

उहाँका अनुसार हाँसीपुर, लालमटिया र सिसहनियाँ गाविसलाई मिलाएर राप्ती नगरपालिका बनाउने र त्यसको केन्द्र लालमटियालाई बनाउने निर्णय जिविस बोर्डले गरेको छ । त्यस्तै मानपुर, बिजौरी, डुरुवा र ढिकपुरको केही भागलाई मिलाएर बबई नगरपालिका बनाउने र त्यसको केन्द्र मानपुरको गौरीडाँडालाई बनाउने निर्णय भएको छ ।

त्यस्तै बागमारे, पञ्चकुले र पुरन्धारालाई मिलाएर हापुरे नगरपालिका बनाउने र त्यसको केन्द्र हापुरेलाई बनाउने निर्णय भएको घर्तीले जनाउनुभयो । यसपूर्व दाङमा घोराही, तुलसीपुर, त्रिपुर र लमही नगरपालिका गरी चारवटा नगरपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…