२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको जिल्ला अस्पतालमा सेवा प्रभावित, जोखिम मोलेर प्रसूति सेवा

८ फाल्गुन २०७४, मंगलवार ०९:०९

फागुन ८, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्ला पृथ्वीचन्द्र अस्पतालमा अधिकांश सेवा प्रभावित भएको छ । 

दक्ष चिकित्सको अभावमा अस्पतालमा शल्यक्रियाबाट हुने प्रसूति सेवा बन्द छन् भने औषधि अभावमा अस्पतालबाट निःशुल्क रुपमा वितरण गरिने ३५ प्रकारका औषधिमध्ये अधिकांश औषधिको वितरण रोकिएको छ । 

शल्यक्रिया गरी बच्चा जन्माउने (सिएस) सेवा बन्द छ । पैँतीस प्रकारका निःशुल्क रुपमा वितरण गरिने औषधिमध्ये पाँच सात प्रकारका औषधिमात्र रहेको अस्पताल विकास समितिका अध्यक्ष सन्तोषकुमार श्रीवास्तवले जानकारी दिनुभयो । 

कूल ५३ स्वास्थ्यकर्मीको दरबन्दी रहेको यस अस्पतालमा हाल करिब २० स्वास्थ्यकर्मी छन् । दक्ष चिकित्सकै अभावमा भिडियो एक्सरेसमेत बन्द भएको छ । 

प्रसूति सेवाका लागि तयार गरिएको अत्याधुनिक सुविधा शल्यक्रिया थिएटरसमेत विशेषज्ञ चिकित्सवको अभावमा सञ्चालनमा आउन नसकेको अध्यक्ष श्रीवास्तवको भनाइ छ । 

नवलपरासी–पश्चिम क्षेत्रमा रहेको सरकारीस्तरको ठूलो एकमात्र पृथ्वीचन्द्र अस्पतालमा अन्य विभिन्न आवश्यक सेवा पनि प्रभावित भएको छ । 

शल्यक्रिया गरी बच्चा जन्माउने (सिएस) सेवा बन्द हुँदा र गत असोज मसान्तबाटै विशेषज्ञ चिकित्सक (गाइनोकोलोजिष्ट) नहुँदा प्रसूतिका महिला उक्त सेवाबाट वञ्चित भएका छन् । 

अस्पतालमा सामान्य शल्यक्रिया र सिएस सेवा हुँदा महिनामा १६० जनाले प्रसूति गराउने गरेका थिए भने अहिले ५०, ६० जनाले सामान्य प्रसूति गराइरहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । 

अस्पतालमा अहिले प्रसूति गराउन विपन्न व्यक्तिमात्र आउने गरेका छन् सम्पन्न व्यक्ति भने बुटवल र भैरहंवा जाने गरेका छन् । यस्तै अस्पतालमा सञ्चालनमा रहेको भिडिओ एक्सरे सेवासमेत बन्द भएको छ । 

उक्त अस्पतालका मा मेडिकल सुपरिटेन्डेण्ट डा आन्नतकुमार शर्माले दक्ष जनशक्तिको अभावमा हाल विभिन्न सेवा बन्द भएको बताउनुभयो । यहाँ आएपछि व्यवस्थापन समितिसँग समन्वय गरी आफूले पनि पर्याप्त जनशक्ति र औषधि उपलब्ध गराउन पहल गरिरहेको उहाँको भनाइ छ । भिडियो एक्सरे सेवाबाट मात्रै अस्पताललाई प्रत्येक वर्ष करिब रु १३ लाख आम्दानी हुने गरेको थियो । 

सरकारले उपलब्ध गराउने ३५ प्रकारका औषधिमध्ये अधिकांश निःशुल्क औषधिको अभाव रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीवास्तवको भनाइ छ । 

चालू आर्थिक वर्षबाट अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा आए पनि त्यहाँ सःशुल्क औषधिमात्रै उपलब्ध भएको सेवाग्राहीको गुनासो छ । फार्मेसीमा उपलब्ध हुने औषधि अस्पताल बाहिर एउटै मूल्यमा उपलब्ध भइरहेकाले फार्मेसी सञ्चालन गर्न कुनै अर्थ नभएको स्थानीयवासी बताउँछन् । यो अस्पताल स्तरोन्नतिपछि हाल ५० श्ययाको रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य