2026-09-15 05:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढी राजधानी भएसँगै ट्राफिक व्यवस्थापनमा समस्या

फागुन ११, कैलाली | प्रदेश नं ७ को अस्थायी मुकाम धनगढी भएसँगै यहाँ सवारी साधनको चाप अत्यधिक बढ्दै गएको छ । 

धनगढी मुख्य बजार नजिकै प्रदेशस्तरीय संरचनाअनुसार विभिन्न मन्त्रालय सस्थापना गरिएपछि यहाँ दिनप्रतिदिन भीड बढ्दै गएको हो । साना ठूला गरी दैनिक १० हजारभन्दा बढी सवारी साधन गुड्ने धनगढी बजार क्षेत्रमा अहिले ट्राफिक समस्या बढ्दै गएको छ । 

सवारी साधनको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको तर सडकको संरचनामा भने कुनै फेदबदल नै नभएकाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएको जिल्ला प्रहरी ट्राफिक कार्यालयका प्रमुख दीपक पातलीले बताउनुभयो । उहाँले सवारी साधनको चापका कारण सडक साँघुरो हुँदै गएको र सडक तथा फुटपाथमा ठेलागाडी र पार्किङले मिचेकाले सडकको अतिक्रमण बढेको बताउनुभयो । 

बजारमा पैदल यात्रु, फुटपाथ, ट्राफिक संकेत नभएकाले पनि ट्राफिक व्यवस्थापनमा समस्या आई दैनिक सवारी जामको स्थिति सिर्जना हुन थालेको छ । 

यातायात व्यवस्था कार्यालयको तथ्यांकअनुसार सेती अञ्चलमा मोटरसाइकल र स्कुटरको संख्या ७० हजार पुगेको छ भने कार, जिप र भ्यान पाँच हजार ९०० पुगेको छ । त्यसैगरी बस, ट्रक दुई हजार ७००, टेम्पु, अटो रिक्सा दुई हजार ६०० र ट्र्याक्टर ११ हजार ४०० दर्ता भएका छन् । 

अव्यवस्थित रुपमा सञ्चालनमा आएका इ–रिक्साले पनि ट्राफिक व्यवस्थापनमा झनै समस्या थपिएको स्थानीयवासीले बताएका छन् । स्थानीय सरकार निर्माण भएको नौ महिना बितिसक्दा पनि ट्राफिक व्यवस्थापनका लागि कुनै पहल नचालिएको धनगढी उपमहानगरपालिका–२ का चेतराज पाण्डेयले गुनासो गर्नुभयो । कुनै इजाजत बिना सञ्चालनमा आएका नयाँ सवारी साधनले समस्या निम्त्याएको छ उहाँले भन्नुभयो, “यसका लागि सवारी साधनको इजाजत प्राप्त हुन अति आवश्यक छ ।” 

जिल्ला ट्राफिक कार्यालयले बजारको ट्राफिक व्यवस्थापनका लागि कुनै नयाँ योजना बनाएको छैन भने बजारमा जथाभावी गरिने पार्किङ व्यवस्थापनका लागि पनि योजना छैनन् ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ