२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमीसँगै सुन्धारा पुगेकी युवती मृत भेटिइन्

२०७४, १२ फाल्गुन शनिबार १६:४३

फागुन १२, काठमाडौं । सुन्धारास्थित होटलमा शनिबार बिहान एक युवती मृत भेटिएकी छन् । उदयपुरको कटारी–९ घर भइ हाल हात्तिवन बस्दै आएकी २४ वर्षीय सर्मिला राउत सुन्धारास्थित निकुद गेष्ट हाउसको १०४ नम्बर कोठामा मृत भेटिएकी हुन् ।

उनी सिन्धुलीको दुधौली नगरपालिका–३ का २३ वर्षीय विशाल खड्कासँगै होटलमा पुगेकी थिइन् । खड्का र राउत करिब डेढ वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ ।

होटल सञ्चालक सुन्दर श्रेष्ठले खबर गरेपछि महानगरीय प्रहरी वृत, जनसेवा र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले घघटनास्थलमा पुगेर मुचुल्का उठाएको छ ।

प्रहरीका अनुसार राति उनीहरुसँगै थप दुई युवक होटलमा पुगेका थिए, जो ५०१ नं. कोठामा बसेका थिए । घटनाको अनुसन्धानका लागि प्रहरीले प्रेमीसहित ३ जनालाई नियन्त्रण लिएको छ ।

सँगै सुतेको विहान उठ्दा झुण्डिएको देखेँः युवक

प्रारम्भीक अनुसन्धानका क्रममा खड्का र राउत बिहान ३ बजे मात्र होटलमा प्रवेश गरेको भेटिएको छ ।

प्रहरी स्रोतका अनुसार खड्का र राउत शुक्रबार राति १ बजेसम्म कोटेश्वरस्थित एक होटलमा बसेका थिए । त्यसपछि उनीहरुबीच घर जाने कुरा हुन्छ । तर, रात छिप्पिसकेकाले युवकले तिलगंगातिर कोठा खोजे तर, पाएनन् । होटल खोज्ने क्रममा सुन्धारा पुगेका हुन् ।

युवकले प्रहरीसामू आफूहरुसँगै सुतेको र बिहान राउतलाई सिलिङ फ्यानमा झुण्डी राखेको देखेको बताएका छन् । ‘सलमा झुण्डी रहेको देखेपछि बाँच्छिन् होला भनेर हत्तपत्त निकालेँ’, उनले वयानका क्रममा भनेका छन्, ‘तर, धेरै ढिला भइसकेछ ।’

यद्यपि, प्रहरीले घटना शंकास्पद भएको आशंका गरेको छ । दुवै जना काठमाडौंको एक फाइनान्स कम्पनीमा कार्यरत थिए । युवतीले तीन महिनाअघि मात्रै जागिर छाडेर म्यानपावरमा काम गर्न थालेकी थिइन् ।

जनसेवाका डिएसपी टेकुनन्द लिम्बुले युवतीको शवलाई पोष्टमार्टमका लागि टिचिङ हस्पिटलमा लगिएको बताए ।

‘पोष्टमार्टमका लागि शव पठाएका छौं’, उनले भने, ‘घटना के हो भन्ने बारेमा पोष्टमार्टमको रिपोर्टपछि मात्रै थाहा हुन्छ ।’ – अनलाइन खबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै